ओलीको ‘भ्याकेट’ निवेदन : कर्णालीका चार सांसदलाई जवाफसहित उपस्थित हुन आदेश

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेको कर्णाली प्रदेश कमिटीले दिएको भ्याकेटको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ।चार जना प्रदेशसभा सदस्यहरूको निलम्बनविरुद्ध जारी गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै दायर भ्याकेटको निवेदनमा ‘अन्य आदेश’ जारी भएको हो। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले मंगलबार यस्तो आदेश गरेको हो।अदालतले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश खारेज गर्न भने अस्वीकार गर्