बेलायती महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति मुर्मु लण्डनमा

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति द्रोपदी मुर्मु लण्डन पुग्नुभएको छ । उहाँले अन्त्येष्टि समारोहमा सहभागी भइ भारतको तर्फबाट महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुने छ । त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुने तयारी छ । एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा चीनको तर्फबाट भने उपराष्ट्रपति वाङ क्विशान सहभागी हुने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको विशेष प्रतिनिधिका रुपमा उहाँले सहभागिता जनाउनुहुने भएको हो । ब...