ग्लोबल आइएमई लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । ग्लोबल आइएमई लघुवित्तको नवौं साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरिकृष्ण जोशीले गरेका थिए । साधारणसभाले आव ०७७÷७८ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको २८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष ०७७/७८ मा सञ्चालन मुनाफा ३४ करोड ९४ लाख र करपछिको मुनाफा २१ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको साधारणसभा जानकारी दिइयो । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैयाँ पुग्नेछ । साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष बुद्धि अकेला आर्थिक वर्ष ०७७/७८ को प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल कम्पनीले ५४ जिल्लाका ११८ शाखामार्फत १ लाख ३७ हजारभन्दा बढी सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा सम्पन्न, २८ प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited  को नवौँ साधारण सभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार कास्कीको होटल पोखरा ग्राण्डमा सभा गरेको हो  ।  सभाले आर्थिक बर्ष २०७७÷०७८ को कुल मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।वित्तीय संस्थाले आर्थिक बर्ष २०७७÷०७८ मा संचालन मुनाफा ३४ करोड ९४ लाख रुपैँया र कर पछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैँया पुग्नेछ । वित्तीय संस्थाले हाल ५४ जिल्लाका ११८ वटा शाखा कार्यालयहरु मार्फत १ लाख ३७ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब २ अर्ब ४५ करोड बचत संकलन गरी करिब ७ अर्ब ८९ करोड लगानी गरेको छ भने निकट भविष्यमा थप जिल्लाहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा २८ मंसिरमा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा मंसिर २८ गतेलाई बोलाएको छ ।सभाले गत आर्थिक वर्ष २०७७/०७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित २८ प्रतिशत बोनस सेयर वितरणको प्रस्तावलाई पनि स्वीकृति प्रदान गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुंग्याउने बताइएको छ ।कम्पनीले […]

ग्लोबल आइएमई लघुवित्तको बुकक्लोज मिति तय

५ मंसिर, काठमाडौं । घोषित लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । संस्थाले मंसिर २८ गते नवौं वाषिर्क साधारण सभा पोखरामा साधारणसभा बोलाउने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वाषिर्क प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्तावलाई पनि […]

ग्लोबल आईएमई बैंकको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ८ प्रस्ताव

ग्लोबल आईएमई बैंक Global IME Bank Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि  ३.५ प्रतिशत नगद लाभांश गरि कुल १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्ताव : (क) सामान्य प्रस्ताबहरु :१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गर्ने ।३) यस बैंकको सहायक कम्पनी रलोबल आइएमई क्यापिटल लि.तथा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड समेतको आ.व २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated ) वित्तीय विवरण स्वीकृत गर्ने ।४) कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आ.व. २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।५) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ को मुनाफा समेतबाट चुक्ता पुंजीको ३.५ प्रतिशत नगद लाभांस स्वीकृत गर्ने ।(ख) विशेष प्रस्तावहरु :१) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७७/०७८ को मुनाफा समेतबाट चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर स्वीकृत गर्ने ।२) आ.व. २०७७/०७८ को मुनाफा समेतबाट शेयरधनीहरुलाई बोनश शेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोको हदसम्म जारी तथा चुक्ता पुँजी कायम हुने गरी प्रवन्धपत्रको दफा ५(ख) र ५(ग) संशोधन गर्ने ।३) बैंकको पुजी वृद्धिको लागि प्रबन्धपत्र, नियमावली संसोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल/संशोधन /परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोहि अनुरुप आवश्यक कार्य संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।