भदौमा कुन बैंकको ब्याजदर कति ?

काठमाडौं- वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार ४ वटा बैंकको ब्याजदर घटेको छ भने ४ वटा बैंकको ब्याजदर स्थिर रहेको छ । यस्तै १२ वटा बैंकले भने साउनको भन्दा भदौमा ब्याजदर बढाएका छन् । सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई, कुमारी, सिटिजन, कृषि विकास बैंक, सानिमा नेपाल […]

सम्बन्धित सामग्री

महँगिदै बैंकिङ कर्जा, कुन बैंकको ब्याजदर कति ?

बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको अभावसँगै बैंकिङ कर्जा पनि महँगिदै गएको छ । लगानीयोग्य स्रोतको अभाव भएपछि बैंकहरुले स्रोत संकलनका लागि निक्षेपमा दिंदै आएको ब्याजदर बढेसँगै बैंकिङ कर्जा पनि महँगिन पुगेको हो ।

कुन बैंकको ब्याजदर कति बढ्यो ?

बैंकहरुले आधार दरका आधारमा ऋणको ब्याजदर तय गर्छन् । आधार दर घट्दै जाँदा ऋणको ब्याजदर पनि घट्दै जान्छ भने आधार बढ्दै जाँदा ऋणको पनि बढ्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर गणना गर्नुपर्छ । यसरी गणना गर्दा आधार दरमा आएको परिवर्तनअनुसार ऋणको ब्याजदर पनि घटबढ गर्नुपर्छ । नयाँ वा पुराना दुबै ऋणीलाई ब्याजदर परिवर्तन हुन्छ ।