पूर्वरानी कोमललाई दिइएको 'हाइ फ्लो अक्सिजन' के हो? कसरी दिइन्छ ?

काठमाडौं : कोरोना संक्रमित पूर्वरानी कोमल शाह यतिखेर नर्भिक अस्पतालको आइसीयूमा उपचाररत छिन्‌। ​शरीरमा अक्सिजन मात्रा कम भएपछि उनलाई आइसीयूमा राखी उपचार थालिएको अस्पतालले जनाएको छ। शाहलाई हाइ फ्लो अक्सिजन सपोर्टमा राखिएको छ। पूर्वरानीलाई कोमललाई दिएको हाइ फ्लो अक्सिजन कस्तो हो भनी जिज्ञासा राख्दा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले भने, 'हाइ फ्लो अक्सिजन सिलिन्डरबाट नभइ अन्य सानो मेसिनबाट दिने गरिन्छ, यसले न्यानो बनाइ श्वासप्रश्वासमा सहज बनाउने काम...