माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय

अन्नपूर्ण माओवादी केन्द्रको केन्द्रीय समिति २ सय ९९ सदस्यीय बनाइने भएको छ । जुन बहुपदीय हुने जनाइएको छ । केन्द्रमा अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम रहने भएको छ ।माओवादीले आफ्नो सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले केन्द्रदेखि वडासम्मै कमिटीमा ३५ प्रतिशत […]

सम्बन्धित सामग्री

पदाधिकारीको टुंगो लगाउन माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक आज बस्दै छ। ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुने छ। बैठकबाट पदाधिकारी चयन गरिने बताइएको छ।  प्रचण्डले आइतबार महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए। खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनको बन्दसत्रल

माओवादीको अधिवेशन सकियो , २३६ जना केन्द्रीय सदस्यमा प्रचण्ड कै प्रस्ताव पारित

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले २३६ केन्द्रीय सदस्यको नाम पारित गरेपछि आज साँझ पार्टीको महाधिवेशन सकिएको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको २३६ जना केन्द्रीय सदस्यलाई बन्द सत्रले अनुमोदन गरेपछि पार्टीको महाधिवेशन सकिएको हो। प्रचण्डको प्रस्तावमा सहमति नजुटेको भए भोलि निर्वाचन गर्ने पार्टीको तयारी थियो ।  आज अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जना गरि प्रचण्डले जम्मा २३६ जनाको नाम केन्द्रीय सदस्यमा प्रस्तुत गरेका थिए । बन्द सत्रले प्रचण्ड कै प्रस्ताव अनुमोदन गरेको हो।  माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ। बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने छ। अब सोमबार बस्ने केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने छन् ।

माओवादीको विधान मस्यौदा अनुमोदन, २९९ सदस्यीय केन्द्रिय समिति र १५ पदाधिकारी रहने

काठमाडौं, १७ पुष । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा अनुमोदन भएको छ । यसअघि अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा केही परिमार्जनसहित ८औं महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो । विधान मस्यौदा नेता देव गुरुङले प्रस्तुत गरेका हुन् । अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । त्यस्तै, १५ जना पदाधिकारी रहने […]