अर्थमन्त्रीले भने- दरबारमार्गमा छापा मारिन्न, मुहानै सफा गरिन्छ

२१ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सारमा खुकुलो गरेर सामान छाडिदिने अनि पुरानो कानून समातेर दरबारमार्गमा छापा मार्ने प्रवृत्तिको अन्त्य गरिने बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित बजेटको अर्धवाषिर्क समीक्षा कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले भने- 'हामी मुहानमै यसलाई सम्वोधन गर्छौं, हामी मुहानै सफा गर्ने भनेर लागेको हो ।' धेरैवटा निर्वाचनका …