महाभियोग सिफारिश समितिले सभामुख सापकोटालाई बुझायो प्रतिवेदन

काठमाडौं, १ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउनुपर्ने भन्दै समितिले सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिश गर्दै प्रतिवेदन बुझाएको छ । आज राति १२ बजेबाट संसद्को कार्यकाल सकिने भएकोले समितिले आज राति सबा १० बजे नै सभामुख सापकोटासमक्ष प्रतिवेदन बुझाएको हो । समितिका बहुमत सदस्यहरुले जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार पेश गरेको छ । […]