सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । यसै क्रममा बैंकले पछिल्लो पटक ८८ औं सेवा केन्द्रको रुपमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका,मदानपुरमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । सो स्थानका लागि बैंकले स्थानीय व्यवसायी सुब्बा लाल श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी,