तेह्रथुम पावर कम्पनी आईपीओ खुल्यो

आज बुधबारदेखि तेह्रथुम पावर कम्पनीले ८ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । कुल ८ लाख कित्ता सेयर मध्ये कम्पनीले ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो ।भदौ ९ (बुधबार) देखि १३ गतेसम्म जारी रहने कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस्तै तोकिएको अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २३ गतेसम्म आवेदन खुल्ला गरिने कम्पनीले जनाएको छ

सम्बन्धित सामग्री

तेह्रथुम पावर कम्पनी आईपीओ बाँडफाँड, २२ लाख ८१ हजारले पाएनन्

काठमाडौं ।  तेह्रथुम पावर कम्पनीले सर्वसाधारणको लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा शुक्रबार आईपीओ  बाँडफाँट भएको हो। कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये...

तेह्रथुम पावरको आइपीओ बाँडफाँट, ७४ हजार ४०० ले पाए १० कित्ता शेयर

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो।

तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड, २२ लाख ८१ हजार बढीको भयो हात खाली

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिन खुल्ला गरेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ शुक्रबार बिहान बाँडफाँड भएको हो ।बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटमा शुक्रबार बिहान १० बजे भएको सेयर बाँडफाँडमा कुल ७४ हजार चार सय जनाले १०÷१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । भने, २२ लाख ८१ हजार ४७ जनाको हात खाली भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल

तेह्रथुम पावरको आईपीओमा २३ लाख ८८ हजारको आवेदन

१३ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधरण शेयर (आईपीओ)का लागि २३ लाख ८८ हजार भन्दा धेरै जनाले आवेदन दिएका छन् । कम्पनीले भदौ ९ देखि १३ गते (आज) सम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता […]

तेह्रथुम पावर कम्पनीको आईपीओमा १३ लाखभन्दा बढीले दिए आवेदन

भदौ १०, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा १३ लाखभन्दा बढी आवेदकले आवेदन दिएका छन्। विक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार बिहीवार साँझ पाँच बजेसम्ममा १३ लाख ८ हजार ५४४ जना आवेदकले १ करोड ७५ लाख ३ हजार ९५० कित्ता शेयर  खरीदका लागि आवेदन दिएका हुन्। कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्कासनमा ल्याएको हो । जसमध्ये १६ हजार कित्ता कर्मचारीहरुका लागि, ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा आवेदकले भदौ १३ गतेसम्म आवेदन गर्न सक्नेछन् ।  न्यूनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने आधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी गराएको हो । आवेदकले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर एपबाट आवेदन दिन सक्नेछन् ।  कम्पनीले निष्कासन गरेको आईपीओमा इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ कम्पनीको दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. २८ करोड रहेको छ । आईपीओ निष्कासन पछि उक्त पूँजी रू. ४० करोड पुग्नेछ ।

तेह्रथुम पावरको आईपीओ आजदेखि बिक्रि खुल्ला

काठमाडौं, ९ भदौ । आजदेखि तेह्रथुम पावर कम्पनी लिमिटेडले ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ विक्रिमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको […]

तेह्रथुम पावर कम्पनीको ८ लाख कित्ता आईपीओ भोलिदेखि खुल्ने

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार […]

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्दै

काठमाडौं :  तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो।   १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओका लागि

आइपीओ बिक्री गर्दै तेह्रथुम पावर कम्पनी

काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले साउन पाँच गतेदेखि १९ गतेसम्म सेयर आवेदन खुला गर्ने भएको हो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले चारलाख कित्ता साधारण सेयर निष्काशन गर्ने जनाएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। आइपिओमा न्यूनतम १० कित्ता र अधिकत्तम ६० हजार कित्ता भर्न सकिनेछ।

तेह्रथुम पावर कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

असार ११, काठमाडौं । तेह्रथुम  पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न बोर्डबाट असार १० गते अनुमति पाएको हो। अव कम्पनीले ४० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरण स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि मात्र कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।  हाल उक्त कम्पनीको अधिकृत पूँजी ४० करोड, जारी पूँजी ४० करोड र चुक्तापूँजी २८ करोड रुपैयाँ रहेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ ।