सरकार कित्ताकाट किन खोल्दै छ ?

भूउपयोग नीतिले जग्गाका वर्गीकरण नगरी कित्ताकाट गर्न नपाइने नियम ल्याए पनि अहिले सरकारले त्यसलाई छलेर कित्ताकाट गर्न दिने नियम ल्याउँदै छ । यो भनेको सरकारको आफ्नै निर्णय लत्याउने काम हो । यसले सरकार कतिसम्म लापर्बाह छ भन्ने देखाउँछ ।  जग्गा कित्ताकाट खुलाउने सरकारको निर्णय निकै गलत छ । भूमिसम्बन्धी ऐन र नियमावली एकदमै राम्रो छ । अहिलेको अवस्थामा पूर्वाधार निर्माण गर्नपर्ने अवस्थामा सडक र विद्युत्बाहेक जग्गा नै ठूलो समस्याको रूपमा रहेको छ । भू–उपयोग ऐनले जग्गालाई कृषि, औद्योगिक, आवादीलगायत १० ओटा विषयमा वर्गीकरण गरेको छ । यो वर्गीकरण नभई कित्ताकाट गर्न दिने हो भने जग्गाको दुरुपयोग बढ्नेछ । केही मानिसहरूले कित्ताकाट खोल्न माग गरेका छन् । यो वास्तवमा सट्टेबाजहरूको माग हो । कित्ताकाट खोल्ने कामले जग्गाको कृषि, उद्योग वा अन्य विषयगत कुरामा उपयोग हुन दिँदैन । सट्टेबाजहरूले नै चलखेल गरेर जग्गाको भाउ बढाई कमाउने काम गर्छन् । यसो गर्दा न उत्पादन बढ्छ, न रोजगारी नै । सरकारले केही राजस्व बढाउने नाममा अहिले खुला गर्न लागिएको कित्ताकाट गलत हो । नेपालमा जतिबेलासम्म जग्गाको व्यवसाय गरेर नाफा आउने काम हुन्छ, त्यतिबेलासम्म कसैले पनि अन्य क्षेत्रमा लगानी गर्दैन । जग्गाको कारोबारमा छूट दिएपछि बैंकमा तरलता राम्रो हुने, ब्याजदर घट्ने र अर्थतन्त्र चलायमान हुन्छ भन्ने सोच गलत मात्र होइन समस्यालाई बल्झाउने काम हो ।  नेपाल राष्ट्र बैंकले राम्रोसँग नियमन गरेको बैंकिङ क्षेत्र र बीमा प्राधिकरणले नियमन गरेको बीमा क्षेत्र अरू लगानीका लागि स्रोत नै परिचालन गर्न सकेको छैन । आर्थिक वृद्धिदर, अर्थतन्त्रको बा≈य क्षेत्र र सरकारी बजेटको कार्यान्वयन हेर्दा शेयर र जग्गाको मूल्य निकै अस्वाभाविक छ । यसले अर्थतन्त्रलाई थप समस्यामा पार्ने देखिन्छ । सरकारले दीर्घकालीन सोच लिएर काम गर्नुपर्ने हो । तर अल्पकालीन र आसेपासेका कुरा सुनेर नीति लिने गर्दा मुलुक झनै समस्यामा पर्दै गएको छ । जग्गाको कित्ताकाट खोल्नु पनि यस्तै हो । त्यसैले यस्तो काममा विनागृहकार्य अघि बढ्नु उचित हुँदैन ।  महादेव अधिकारी, कलंकी, काठमाडौं

सम्बन्धित सामग्री

सबै जग्गाको कित्ताकाट खुल्यो

समग्र अर्थतन्त्रमै शिथिलता आएपछि वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट सरकार पछि हटेको छ । गत वर्षको मंसिर २३ देखि जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था सरकारले गरेको थियो ।

‘कित्ताकाट खुलाउने निर्णयबाट सरकार पन्छिन खोज्यो’

सरकारको कित्ताकाट खुलाउने निर्णय हालसम्म कार्यान्वयन नगरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने दायित्वबाट सरकार पन्छिन खोजेको नेपाल जग्गा तथा आवास विकास महासंघले जनाएको छ ।

जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहीँ ५ गते नेपाल सरकार मन्त्रीपरिषद्ले जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

‘अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणमा जुट्नुपर्छ’

काठमाडौँ– सरोकारवालाहरूले उपभोक्ता अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित उपभोक्ता जागरण अभियान नेपालको प्रथम साधारणसभामा उनीहरूले उपभोक्ता अधिकारको विषयलाई प्रमुख बनाएर राज्य र उपभोक्ता अधिकारकर्मी मिलेर काम गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटाले अहिले उपभोक्ता अधिकारकर्मी र सरकारबीच कित्ताकाट भएजस्तो देखिएको […]

टुँडिखेल नै कित्ताकाट भएको छ कि ? चेक गरौं

सरकार र कानुन सक्रिय भए, मुलुकमा अपराधिक कार्य हुन पाउँदैन । कानुन निष्क्रिय भए अपराधी सल्बलाउँछन्, फैलँदै जान्छन्, सुसंगठित हुन्छन्, अन्ततः राज्य निकायलाई नै नियन्त्रणमा लिन्छन् । राजनीतिक नेतृत्व सचेत रहे अपराधीले यसरी विस्तारित हुने अवसरै पाउँदैनन् । नेताको मानसिकता स्वच्छ भए विधिवतै राज्य सञ्चालन हुन्छ । कर्मचारी प्रशासन पनि नेता अनुकूलै स्वच्छ र प्रभावकारी […] The post टुँडिखेल नै कित्ताकाट भएको छ कि ? चेक गरौं appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओली–नेपाल पक्षको कित्ताकाट नहुन्जेल प्रदेश १ सरकार सुरक्षित

मोरङ – नेकपा एमालेको विवादसँगै प्रदेश १ राजनीतिमा तरंगित हुँदै आएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको तिक्तताले प्रदेश सरकारको बागडोर समेत डगमगाएको छ। यससँगै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले पार्टी एकताका लागि आफू र मुख्यमन्त्रीसमेत पद त्याग गर्न तयार रहेको बताएका छन्। सबै कुरा मिल्दै जाँदा […]

'सर्वोच्चबाट फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरू पार्टीमा रहँदैनन्'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट मुद्दाको किनारा लाग्दासम्म हस्ताक्षर फिर्ता नलिनेहरू एमालेमा रहन नसक्ने बताएका छन्। ‘मुद्दाको फैसला हुँदासम्म एमाले ढाल्ने अनि प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा ज–जसको हस्ताक्षर कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन्। ओलीले भने, ‘यसले त कित्ताकाट गरिसक्यो नि ! यसमा कुनै भ्रम पाल्न हुन्छ र ? शब्दका झूटका खेतीमा अल्मलिन हुन्छ र !शनिबार पार्टीको केन्द्रीय कम

https://nagariknews.nagariknetwork.com/politics/261461-1593692007.html

सरकारले कृषि योग्य जमिनमा गरिएको कित्ताकाट नियन्त्रणलाई फुकुवा गर्ने भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुझावलाई समेत सम्बोधन गर्दै एक/दुई दिनमै कित्ताकाट फुकुवा गर्ने तयारीमा सरकार लागेको छ ।

खेतीयोग्य जग्गाको कित्ताकाट गर्न रोक

मालपोतका कर्मचारीकै मिलेमतोमा गैरकानुनी रुपमा भइरहेको जग्गाको कित्ताकाट रोक्न सरकार कडारुपमा प्रस्तुत भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कानूनको मर्म विपरित कर्मचारीकै मिलेमतोमा अनधिकृतरुपमा खेतीयोग्य जमिनको कित्ताकाट रोक्न नापी विभागका नाममा पत्र काटेको छ। ‘कानूनले प्रतिवन्ध लगाएका विषयमा पनि आफूखुसी जग्गाको लगत काट्ने जस्ता कार्यहरुलाई पूर्णरुपमा नियन्त्रण गरी सर्वसाधारणको सेवालाई प्रमुख केन्द्रविन्दुमा राखी…