देश विकासमा उपयोगी हुने सीपमूलक शिक्षा नै आजको आवश्यकता : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले रोजगारीका लागि विदेशिनु पर्ने परिस्थितिलाई मनन गर्दै युवा जनशक्तिलाई देश विकासको कार्यमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि तथा वन विज्ञानतर्फको अध्ययनको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आज यहाँ आयोजित नवौँ साधारणसभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयले विशेषतः त्यस क्षेत्रका नागरिकलाई उच्च शिक्षामा सहज […]

सम्बन्धित सामग्री

‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’

प्रधानमन्त्री एवं सुदूूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयको नवौँ साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । विश्वविद्यालयले विशेषतः सुदूूरपश्चिमका नागरिकलाई उच्च शिक्षामा सहज पहुँच सुनिश्चित गर्दै शिक्षित समाज निर्माणमा अग्रपङ्क्तिमा उभिनुपर्ने देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “रोजगारीका लागि विदेशिनुपर्ने परिस्थितिलाई मनन् गर्दै युवा जनशक्तिलाई देश विकासमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि विज्ञान तथा वन विज्ञानतर्फको अध्ययनको विकास गर्न अति आवश्यक छ ।” समायानुकूूल जनशक्ति उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा योगदान दिन सक्ने शैक्षिक कार्यक्रमहरू विश्वविद्यालयले सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । राष्ट्रलाई आवश्यक गुणस्तरीय जनशक्तिको परिपूर्ति गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयका जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनतर्फ पनि विश्वविद्यालयले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । यसो गर्न सकिएमा मुलुकको आवश्यकता परिपूर्ति गर्नसमेत सफलता मिल्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।