काठमाडौं, ४ असोज । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता खोभारी राय नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पूर्व मन्त्री रायलाई पार्टीमा स्वागत गरेका थिए । रायसँगै जसपाका सुनितादेवी यादव , धीरेन्द्र राय, राजमोहन राय, रामप्रवेश राय पनि एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ । […]