लुम्बिनी प्रदेशः मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै

बुटवल, साउन २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभाको विशेष अधिवेशन बस्दैछ । मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रो पटक दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन दिउँसो १ बजे बस्ने कार्यक्रम छ । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन […]

सम्बन्धित सामग्री

विशेष अधिवेशन रोक्न माग गर्दै दायर भएको रिटको सुनुवाई न्यायाधीश राउतको इजलासमा

काठमाडौं : मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्न आह्वान भएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटको सुनुवाई  न्यायाधीश प्रकाशसिंह राउतको इजलासमा तोकिएको छ। लुम्बिनी प्रदेश सांसद लीला गिरीले दायर गरेको रिट माथिको सुनुवाई न्यायाधीश प्रकाशसिंह राउतको इजलासमा तोकिएको हो। यसअघि सर्वोच्चले हकदैया नपुगेको भन्दै पेश भएको अधिवक्ता गणेश घिमिरेको निवेदन दरपीठ भएको थियो।लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्र

लुम्बिनीमा पनि नयाँ सरकार बनाउने पाँच दलीय गठबन्धनको तयारी

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले नेकपा (एमाले)का शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार पनि ढाल्ने निर्णय गरेको छ। सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश सरकारमा रहेका ३ जना सांसदलाई शुक्रबार पदमुक्त गरेसँगै मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार संकटमा परेको हो। सांसद पदबाट हटाइएका तीन जनामध्ये भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पार्टीको कारबाहीको कुनै अर्थ नरहेको बताएका छन्। ‘परमादेशको प्रधानमन्त्रीलाई पार्टी, देशले

ओलीपछि शङ्कर पोखरेलतिर नजर, विपक्षी दलहरूको यस्तो छ तयारी

बुटवल । केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सत्ता विस्थापित गरेसँगै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले लुम्बिनी प्रदेश सरकार विस्थापित गर्न रणनीति तयार पारिरहेको छ ।लामो समयदेखि अल्पमतका बाबजुद सत्तामा रहेका मुख्यमन्त्री शङ्कर पोखरेलले विभिन्न बहानामा सत्ता लम्ब्याउँदै आएको भन्दै विपक्षी गठबन्धनले उनलाई विस्थापित गर्न खोजेको हो । विपक्षी गठबन्धनले प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको र आफूहरूसँग प्रस्ट बहुमत रहेको दाबी गर्दै आएको छ ।केपी शर्मा ओलीका खास सहयोगी भएकाले

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा माग

काठमाडौं : विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेको हो।स्वेच्छाचारी ढंगले सरकार संचालन नगरि मुख्यमन्त्रीलाई तत्काल राजीनामा दिन गठबन्धनले माग गरेको हो। निरन्तर वैधानिकतामाथि प्रश्न उठाउँदै आएको गठबन्धन दलले सरकारले संसद छलेर अध्यादेशबाट बजेट जारी गरेपछि मुख्यमन्त्रीको राजीनामा माग गरेको हो।मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेपछि हठात् रुपमा प्रदेशसभा अधिवेशन अन्

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेल नियुक्तिको कागज पत्र माग

रुपन्देही । लुम्बिनी प्रदेश सभामा सरकार बाहिर रहेको विपक्षी गठबन्धनका सांसदहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलको नियुक्त देखि त्यसमा सांसदहरूले गरेको हस्ताक्षर समेतको कागज पत्र चाहिएको प्रदेश प्रमुखको कार्यालय बुटवल समक्ष माग गरेका छन् ।

लुम्बिनीको राजनीति : मुख्यमन्त्री पोखरेल यसरी पुगे ‘सेफ जोन’मा !

प्रदेश सभामा बहुमतका लागि निर्णायक (६ सांसद रहेको) जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएर लुम्बिनी प्रदेश सरकार तत्कालका लागि सुरक्षित बनेको छ ।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमा  हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सांसद सोमवार मन्त्री बनेका हुन् । जसपा संसदीय दलका नेता कपिलवस्तुका सहस्रराम यादव र पाल्पाकी समानुपातिक सांसद पुर्मती ढेगा सरकारबाहिर छन् ।  सन्तोष पाण्डेय भौतिक पूर्वाधार, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी, कल्पना पाण्डे सामाजिक वि...

यी हुन् मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ४१ सांसदहरू

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले लोकान्तरलाई जानकारी दिए । ३ दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ । केसी अहिले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला र कानून मन्त्री छन् । ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले लोकान्तरलाई जानकारी दिए । तीन दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम उल्लेख गरिएको छ । केसी अहिले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला र कानून मन्त्री छन् । ८७ सांस...

लुम्बिनी प्रदेश : अल्पमतमा मुख्यमन्त्री पोखरेल

सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाइ पुनःअस्तित्वमा ल्याइदिएपछि लुम्बिनी प्रदेश सरकार पनि अल्पमतमा परेको छ । एमाले र माओवादी व्युँतिएपछि प्रदेशको सत्ता समिकरण झिनो मतले संकटमा परेको हो । एमालेका मात्रै सांसदको समर्थनले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार टिक्न सक्ने अवस्था छैन । सरकार टिकाउन पोखरेलाइ ३ सांसदको आवश्यक छ

लुम्बिनी प्रदेशसभाको स्थापना दिवसमा मुख्यमन्त्री नै अनुपस्थित

बुटवल । लुम्बिनी प्रदेश सभाको तेस्रो स्थापना दिवसको समारोहमा  मुख्यमन्त्री  शंकर पोखरल र आन्तिरक मालिला मन्त्री प्रसाद केसी अनुपस्थीत भएपछि खल्लो महसुह भएको भएको छ । २०७४ माघ २१ गते पहिलो बैठक बसेको मितिका आधारमा लुम्बिनी प्रदेशसभाले बुधबार स्थापना दिवस तामझामबीच मनाउदाँ मुख्यमन्त्री पोखरेल  र आन्तरिक मामिला मन्त्री कुल प्रसाद केसी उपस्थति नहुँदा खल्लो महसुस भएको प्रदेससभा सदस्यहरुले बताएका छन् ।पार्टीको आन्तरिक विवादका कारण प्रदेशमा भन्दा केन्द्रीय राजधानीमा सक्रिय देखिएका उनीहरु