देउवालाई विश्वासको मत : माधव नेपाल र महन्थ ठाकुर निर्णायक!

काठमाडौं : निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनका लागि बनेको विपक्षी गठबन्धनको प्रयास सफल भएको छ।सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन्। देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै अब कार्यकाल कस्तो रहन्छ भन्नेमा चर्चा हुन थालेको छ। एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थन पाएर संविधानको धारा ७६(५) अनुसार नियुक्त भएका देउवालाई अबको ३० दिनभित

सम्बन्धित सामग्री

अब देउवालाई सांसदको होइन, दलकै समर्थनमा बहुमत

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले मत नदिए पनि प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा बहुमत पुग्ने देखिएको छ। जसपाको महन्थ ठाकुर पक्षले समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि यस्तो परिस्थिति बनेको हो। महन्थ पक्षको १२ सांसदको मत थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ।

देउवालाई विश्वासको मत पाउन एमालेका ८ सांसदको मत आवश्यक

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउन एमालेको माधवकुमार नेपाल पक्ष निर्णायक बन्ने भएको छ।देउवालाई विश्वासको मतका लागि १३६ जनाको समर्थन आवश्यक पर्छ। कांग्रेसका ६१,माओवादी केन्द्रका ४८,जसपाको उपेन्द्र यादव पक्षका १२, राजमो र स्वतन्त्र १/१ तथा माधव नेपाल पक्षका २३ सांसदको समर्थन छ।महन्थ ठाकुर पक्षका ५ सांसद उपेन्द्र पक्षमा गएकाले माधवकुमार नेपाल पक्षका ८ सांसदले मत दिए देउवाले विश्वासको मत पाउनेछन्।