अलैंचीमा मूल्यअभिवृद्धि

‘कालो सुन’ उपनामले चिनिएको अलैंचीको व्यावसायिक खेती भए पनि त्यसलाई प्रशोधन गरी मूल्य अभिवृद्धि गर्न नसक्दा उच्च मूल्यमा निर्यात हुन सकेको छैन । चालू आवमा अलैंचीको मूल्य निकै बढ्दा किसानहरू उत्साहित भएका छन् । तर यो मूल्य विगतको भन्दा अझै कम देखिन्छ । गत आवमा यसको मूल्य घटेको थियो । तर, अहिले बढेको मूल्यले अलैंचीको विगतको मूल्यलाई भेट्न सकेको छैन ।  कुनै बेला प्रतिमन १ लाख ४० हजार रुपैयाँसम्ममा विक्री भएको अलैंची गतवर्षसम्म घटेर २५ देखि २७ हजारमा खरीद विक्री भयो । चालू आवमा त्यसको झन्डै दोब्बर बढेर प्रतिमन ६० हजार पुगेको छ । यसरी हेर्दा अलैंची खेतीप्रति विगतमा जस्तो आकर्षण थियो त्यो अहिले घटेको छ । कतिपय किसानले त अलैंची खेती गर्न छाडेको समेत पाइन्छ । त्यसैले अलैंची निर्यातमा सुधार ल्याउन अलैंचीलाई प्रशोधन गरी उच्च मूल्यमा बेच्न सक्नुपर्छ या त खाडी मुलुकमा यसको निर्यात गर्न सक्नुपर्छ । नेपालले सीधै खाडी मुलुक पठाउन प्रारम्भिक प्रयास गरेको पाइन्छ । खाडी मुलुकको गुणस्तर चिह्न हलाल प्राप्त गरेकाले त्यसतर्फ निर्यातको बाटो खुले पनि त्यहाँका व्यवसायीसँग नेपालीले सम्पर्क गर्न नसक्दा निर्यात हुन सकेको छैन । अलैँची निर्यात गर्न त्यहाँ कार्यरत राजदूतले आर्थिक कूटनीतिमा ध्यान दिन सक्नुपथ्र्यो । तर, त्यसो नहुँदा नेपाली उत्पादन भारत गएर त्यहाँबाट खाडीमा निर्यात भइरहेको छ जसको उच्च लाभ नेपाली किसानले पाउन सकेका छैनन् ।  नेपालमा ४५ जिल्लामा १८ हजार ४ सय हेक्टर जमीनमा अलैंची खेती भइरहेको छ । अलैंची प्रशोधनदेखि नै गुणस्तरमा ध्यान दिन नसक्दा उचित मूल्य पाउन नसकेको देखिन्छ । नेपालमा एउटामात्रै अलैंची प्रशोधन उद्योग छ जसले अलैंचीको पाउडर, दाना बनाउँछ । अलैंचीको तेल निकै महँगो हुन्छ । अलैंचीबाट तेल निकालेर बेच्ने हो भने उच्च मूल्य आउँछ ।  नेपाली अलैंचीको बजार भारत हो । भारतमा अलैंची उत्पादन बढी भयो भने त्यहाँका व्यापारीले नेपाली उत्पादनलाई थोरै पैसा दिने गरेका छन् । यसपटक अलैंची उत्पादन घटेकाले गतवर्षको भन्दा दोब्बर बढी मूल्य पाएको छ । त्यसैले यस्तो अस्थिर बजार र अप्रशोधित कमोडिटीको निर्यातबाट किसान र व्यापारीले राम्रो लाभ पाउन सक्दैनन् । नेपालमा प्रशोधन उद्योग खोल्नुपर्छ । अलैंचीबाट बन्न सक्ने वस्तुहरू केके हुन् ती बनाएर बेच्दा मूल्य बढी पाइन्छ ।  अलैंची सुकाउने प्रविधिदेखि त्यसको तेल उत्पादनसम्मले फरक फरक मूल्य पाउँछ । अलैंची मात्र होइन, चिया, कफी जस्ता सबै खाले कृषि उपजको निर्यात गर्दा त्यसको उचित मूल्य प्राप्त गर्न केके गर्न सकिन्छ भन्ने किसानदेखि व्यापारीसम्मलाई तालीम दिनुपर्छ । अन्तरराष्ट्रिय बजारमा प्रशोधन गरी पठाउँदा बढी लाभ हुने भएकाले यस्तो प्रशोधन उद्योग खोल्न सरकारले प्रोत्साहन गर्ने नीति लिनुपर्छ । नीतिगत र प्रक्रियागत सहजीकरण गरेर निजीक्षेत्रलाई यसमा प्रोत्साहन गर्न सकिन्छ । त्यसैले अब नेपाली उत्पादनको निर्यात भारतीय बजारका साथै कहाँ कहाँ बढी मूल्य पाइन्छ, केकस्तो प्रशोधन गरेर पठाउँदा बढी मूल्य पाइन्छ भन्ने कुरामा सरकारले पनि अध्ययन गर्नुपर्छ र किसानहरूलाई यसमा सहयोग गर्नुपर्छ । 

सम्बन्धित सामग्री

आर्थिक नीतिलाई स्थायित्व दिन निजी क्षेत्रको माग

काठमाडौँ : आर्थिक नीतिलाई स्थायित्व दिन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारले करसम्बन्धी नीति स्थायी बनाउनुपर्ने माग गरेका छन्।उनीहरूले आर्थिक नीति ३ देखि ६ महिनामा परिमार्जन हुने प्रवृत्तिले निजी क्षेत्र मर्कामा परेको बताए। उनीहरूले सरकारले आर्थिक नीतिलाई स्थायित्व दिन आवश्यक रहेको बताए। निजी क्षेत्रले सरकारले अस्थिर कर नीतिका कारण राजस्व संकलनमा समेत असर परेको बताए।उनीहरूले सरकारले वर्तमान आयकर, मूल्यअभिवृद्धि करको ऐनमा केही सुधार गरी राजस्व चुहावटला

तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग

काठमाडौँ – नेपाल चामल, तेल, दाल, उद्योग संघले तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको छ। आइतबार संघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको हो। संघले तोरीको तेल अत्यावश्यक खाद्यवस्तु भएको भन्दै अवैधरुपमा भित्रिने तोरीको तेलका कारण स्वदेशी […]

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य सुरु

भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ । भवन निर्माणको काम शर्मा–सगरमाथा–सगुन जेभीले अघि बढाएको हो । जेभीले मूल्यअभिवृद्धि करसहित रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माण गर्ने छ । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण गरी सक्नुपर्ने जनाइएको छ ।महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकोले सेवा प्रवाहमा प्रभावकारिता ल्याउनको लागि नयाँ भवनको निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आवश्यकता अनुरूपको सेवा प्रवाहमा प्रभावक

सिद्धान्तको कसीमा मूअकको एकल दर

मूल्यअभिवृद्धि करको वर्तमानमध्यम स्तरको एकल दरबाट हालसम्म संगालिएको सकारात्मकअनुभवले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने स्पष्ट संकेत दिन्छ।...

दुई खर्बको निकासीमा आधा हिस्सा आयातीत तेलको

काठमाडौं । नेपालको निकासी व्यापार दुई खर्ब नाघेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालले २ खर्ब ३ करोड ६२ हजार रुपैयाँबराबरको वस्तु निकासी गरेको छ । कुल निकासीको झण्डै आधा हिस्सा भने भटमास, पाम र सूर्यमुखी तेलको रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको निकासी व्यापारमा कम मूल्यअभिवृद्धि भएका वस्तुको […]

राजस्व छलीको अभियोगमा २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जना विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध उच्च अदालत पाटनमा विभागले मुद्दा दायर गरेको हो । मालवस्तु पठाउँदा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्यअभिवृद्धि […]

व्यास ऋषिको १०८ फिटको मूर्ति बनाउन सम्झौता

बोलपत्रपश्चात रु पाँच करोड ५० लाख ५५ हजार ६४० (मूल्यअभिवृद्धि करसहित) मा दुई तलाको मूर्ति निर्माणको लागि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिए।