बैतडीको जनसंख्या घट्यो

बैतडी : बैतडीको जनसंख्या साढे ६ हजार घटेको छ। तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या घटेको पाइएको हो।विसं. २०६८ सालको जनगणनाअनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर २ लाख ४४ हजार ४ सय पुगेको छ।१० वर्षमा यहाँ ६ हजार ४९८ जना घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए।सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसंख्या पुर्चौडी नगरपालिकामा रहेको छ। त्यहाँको जनसंख्या १९ हजार ९६५ रहेको छ।यस्तै दशरथचन्द नग

सम्बन्धित सामग्री

कोशीका १० जिल्लाको जनसंख्या घट्यो

कोशी प्रदेशका १४ जिल्ला मध्ये १० वटा जिल्लाको जनसंख्या घटेको छ। राष्ट्रिय तथ्याँक कार्यालय काठमाण्डौंले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश स्तरिय नतिजा सार्वजनिक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ मा कोशी प्रदेशको १० जिल्लाको जनसंख्या अघिल्लो जनगणना...

ऋणात्मक जन्मदरका कारण चीनको जनसंख्या घट्यो

सन् २०२१ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड २६ लाख रहेकोमा सन् २०२२ मा यो १ अर्ब ४१ करोड १७ लाख ५० हजारमा ओर्लेको छ।...

ऋणात्मक जन्मदरका कारण चीनको जनसंख्या घट्यो

सन् २०२१ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड २६ लाख रहेकोमा सन् २०२२ मा यो १ अर्ब ४१ करोड १७ लाख ५० हजारमा ओर्लेको छ।...

प्रदेश १ का ९ जिल्लाको जनसंख्या घट्यो

विराटनगर । पछिल्लो १० वर्षमा प्रदेश १ का ९ जिल्लाको जनसंख्या घटेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतीजा अनुसार प्रदेशका पहाडी जिल्लाहरू खोटाङ, भोजपुर, पाँचथर, धनकुटा, ओखलढुंगा, इलाम, सोलुखुम्बु पाँचथर र ताप्लेजुङको जनसंख्या २०६८ मा भन्दा २०७८ मा कम भएको पाइएको हो । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्या २०६८ मा भन्दा कम भएको छ, जसमा प्रदेश १ का ९ जिल्ला छन् । खोटाङमा २०६८ मा भन्दा ३० हजार ९०० जनसंख्या कम भएको छ । २०६८ मा २ लाख ६ हजार ३१२ रहेकोमा २०७८ मा १ लाख ७५ हजार ३४० मा झरेको छ । भोजपुरको जनसंख्या २०६८ मा १ लाख ८२ हजार २५९ रहेकोमा २०७८ मा १ लाख ५८ हजार ९९१ मा झरेको छ । तेह्रथुममा २०६८ मा १ लाख १ हजार ५७७ जनसंख्या रहेकोमा २०७८ मा ८९ हजार १२५ मा झरेको छ । पाँचथरमा २०६८ मा १ लाख ९१ हजार ८१७ जनसंख्या रहेकोमा २०७८ मा १ लाख ७४ हजार ४१९ कायम भएको छ । धनकुटाको जनसंख्या २०६८ मा १ लाख ६३ हजार ४१२ रहेकामा २०७८ मा १ लाख ४९ हजार ९८४ कायम भएको छ । ताप्लेजुङमा २०६८ मा १ लाख २७ हजार ४६१ जना रहेकोमा २०७८ मा १ लाख २० हजार ३५९ मा झरेको छ । ओखलढुंगामा २०६८ को जनसंख्या १ लाख ४७ हजार ९८४ रहेकोमा २०७८ मा १ लाख ४० हजार ९१४ मा झरेको छ । इलाममा २०६८ मा २ लाख ९० हजार २५४ जनसंख्या रहेकोमा ०७८ मा २ लाख ८० हजार ५६५ मा झरेको छ । सोलुखुम्बुमा २०६८ मा १ लाख ५ हजार ८८६ जना रहेकोमा २०७८ मा १ लाख ४ हजार ७६८ मा झरेको केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक तथ्यांक छ । प्रदेश १ को पहाडी जिल्ला संखुवासभामा भने जनसंख्या बढेको छ । संखुवासभाको जनसंख्या १० वर्षमा ३०४ जना बढेर १ लाख ५९ हजार ४६ पुगेको छ । प्रदेश १ का ५ जिल्लामा २०६८ को भन्दा जनसंख्या बढेको छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै जनसंख्या झापाको बढेको छ । झापाको जनसंख्या २०६८ मा ८ लाख १२ हजार ६५० रहेकोमा अहिले १ लाख ८१ हजार ४४० ले बढेर ९ लाख ९४ हजार ९० पुगेको छ ।

पाँचथरमा १० वर्षमा १७ हजार जनसंख्या घट्यो

पाँचथर– केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को प्रारम्भिक तथ्यांकअनुसार पाँचथरको जनसंख्या एक लाख ७४ हजार ४ सय १९ छ । जुन २०६८ को जनसंख्याभन्दा १७ हजार ३ सय ९९ ले कम हो । अहिले पाँचथरको जनसंख्या वृद्धिदर ऋणात्मक छ । वृद्धिदर –०.९१ रहेको तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । २०६८ को जनसंख्याअनुसार […]

प्रदेश-१ का नौ जिल्लाको जनसंख्या घट्यो

१३ माघ, काठमाडौं । पछिल्लो १० वर्षमा प्रदेश-१ का नौ जिल्लाको जनसंख्या घटेको पाइएको छ । प्रदेश १ का पहाडी जिल्लाहरू खोटाङ, भोजपुर, पाँचथर, धनकुटा, ओखलढुंगा, इलाम,सोलुखुम्बु पाँचथर र ताप्लेजुङको जनसंख्या २०६८ सालमा भन्दा २०७८ सालमा कम भएको पाइएको हो । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्या २०६८ सालमा भन्दा […]

बसाँईसराई र वैदेशिक रोजगारीले म्याग्दीको जनसंख्या घट्यो

म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइसराई गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसंख्या घटेको पाइएको छ।...

सुदूरपश्चिमका पाँच जिल्लाको जनसंख्या घट्यो

१३ माघ, डोटी । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणले सुदूरपश्चिम प्रदेशका पाँच पहाडी जिल्लाको जनसंख्या बृद्धिदर ऋणात्मक देखिएको छ । भाद्र ३० देखि असोज १८ गतेसम्म पहिलो र कार्तिक २५ देखि मंसिर ९ सम्म दोश्रो चरणमा भएको भएको राष्ट्रिय जनगणना , २०७८ को प्रारम्भिकतथ्याङ्कअनुसार प्रदेशका सात पहाडी जिल्लामध्ये पाँच जिल्लामा वार्षिक जनसंख्या […]

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । जनसंख्या घट्नुमा नेपालमा जनसंख्या नियन्त्रणका लागि ३० वर्षदेखि चालिएको प्रयासले सार्थकता पाएको विज्ञहरू बताउँछन

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ ।