आसन्न निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो : महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले आसन्न निर्वाचन सत्ताको स्वार्थका लागि नभइ अग्रगमन र प्रतिगमनबीचको लडाइँजस्तै रहेको बताएका छन् । बुधबार बंगलाचुली गाउँपालिकामा सत्तारुढ गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै महराले मुलुकको भाग्य, भविष्य, संविधान जोगाउने र नजोगाउने पक्षबीचको युद्धका रुपमा रहेको निर्वाचनमा मतदाताले अग्रगमनकारी शक्तिलाई विजयी बनाउनुपर्नेमा जोड दिए ।उनले पहाडी दुर्गम गाउँपालिकाको भविष्य गठबन्धन सरकारले नै फेर्ने दाबीसमेत गरे । गठबन्धनको मर्म र धर्मला

सम्बन्धित सामग्री

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको पूर्व सभामुखहरूको निष्कर्ष !

काठमाण्डाै – पूर्व सभामुखहरूले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभाको निर्णय असंवैधानिक भएको निष्कर्ष निकालेका छन् । सभामुख अग्नि सापकोटाले मङ्गलवार (आज) गरेको छलफलमा पूर्व सभामुखहरूले प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक ढङ्गले व्यक्तिगत स्वार्थका लागि प्रतिनिधि सभा विघटन गरेकाले त्यसको कानुनी लडाइँ लड्नुपर्ने राय दिएका हुन् ।छलफलमा पूर्व सभामुखहरू रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, ओनसरी घर्ती उपस्थित हुनुहुन्थ्यो भने तारानाथ रानाभाट र दमननाथ ढुङ्गानाले भर्चुअल माध्यमबाट सहभागिता जनाउनुभएको...