चलचित्रकर्मी संघद्वारा प्रदेश १ का विभिन्न जिल्लामा राहत वितरण गरिँदै

झापा : नेपाल चलचित्रकर्मी संघले निम्न आय वर्गका चलचित्रकर्मीहरूलाई राहतस्वरूप खाद्यान्न सामग्री वितरण कार्य सुरु गरेको छ। दोस्रो लहरको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण समस्यामा परेका प्रदेश १ भरिका चलचित्रकर्मीहरूको लागि खाद्यान्न सामग्री राहत वितरण कार्य सुरु गरेको हो।सङ्घले यसअघि नै राहत वितरणका लागि ‘चलचित्रकर्मी राहत कोषको स्थापना गरिसकेको थियो। सङ्घले शनिबार झापाको बिर्तामोडबाट यस अभियानको सुरुवात गरेको नेपाल चलचित्रकर्मी सङ्घ

सम्बन्धित सामग्री

चुनाव अघि शहीद परिवारलाई १-१ लाख बाँड्ने प्रदेश १ सरकारको तयारी

३१ भदौ, विराटनगर । प्रदेश १ सरकारले शहीद परिवारलाई राहत वितरण गर्ने तयारी गरेको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अगाडि नै विभिन्न राजनीतिक आन्दोलनमा सहादत प्राप्त गरेका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँको दरले राहत वितरण गर्ने तयारी गरेको हो । चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी […]

‘प्रदेश १ को नाम टुंग्याउन दलहरू असफल’

मोरङ – प्रदेश १ को नाम टुंग्याउनका लागि दलहरू असफल भएको प्रदेश १ प्रदेश सभाका सभामुख प्रदीकुमार भण्डारीले बताएका छन्। नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा प्रदेश सभा सभामुख भण्डारीले नामकरणका लागि दलहरूले पटक पटक प्रयास गरेपनि सफल हुन नसकेको बताए। उनले भने, ‘मैले आफैँ पनि धेरैपटक सर्वदलीय बैठक बोलाएँ। दलहरूलाई […]

सवारी चालक अनुमतिपत्र वितरण सहज बनाउँदै प्रदेश १ सरकार

सेवाग्राहीले खेप्नुपर्ने सास्ती अन्त्य गर्न प्रदेश १ सरकारले विभिन्न कार्यालयहरुबाट सवारी चालक अनुमतिपत्र वितरण गर्न थालेको छ। प्रदेश सरकारको यातायात तथा सञ्चार मन्त्रालयले प्रदेशको राजधानी विराटनगर, सुनसरीको ईटहरी, झापाको विर्तामोड,...

महालेखा वार्षिक प्रतिवेदन- प्रदेश १ ले बाँड्यो १ अर्ब २३ करोड अनुदान

महालेखाले सार्वजनिक गरेको ५९ औं लेखापरीक्षण प्रतिवेदनअनुसार प्रदेश १ सरकार कृषि मन्त्रालयले विभिन्न अनुदानमा १ अर्ब २३ करोड ६२ लाख रुपैयाँ वितरण गरेको छ ।  अनुदान धेरै बाँड्ने प्रदेशहरूमा प्रदेश १ दोस्रो नम्बरमा परेको छ । यस्तै सबैभन्दा धेरै अनुदान सुदूरपश्चिम प्रदेशले बाँडेको छ । उक्त प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब २८ करोड १३ लाख अनुदान बाँडिएको प्रतिवेदनमा उल्लेख छ । ‘प्रदेशहरूले विभिन्न प्रकारका अनुदान वितरण गर्न कार्यविधिहरू तर्जुमा गरेको देखिन्छ । यो वर्ष प्रदेश अन्

एनआईसी एशिया बैंकद्वारा प्रदेश १ का प्रमुख सहरमा क्यूआर भुक्तानी अभियान

एनआईसी एशिया बैंकले डिजिटल भुक्तानी प्रबर्द्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको धरान शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण गर्न शुरु गरेको छ । बैंकले क्युआर कोड उक्त ठाउँका २०० भन्दा वढी अटो रिक्सा एवं सिटी सफारी जस्ता सवारी साधनहरुमा सुरुवाती चरणमा वितरण गरेको हो ।२०७९÷०३÷०६ गते सोमवार एक कार्यक्रमका बीच बैंकका प्रदेश १ का प्रमुख विकास खरेलले यस क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्र भित्र रहेका २०० भन्दा वढी इ–रिक्सा सदस्यहरुलाई उक्त क्यूआर भुक्तानी सेव

प्रदेश १ का मुख्यमन्त्री राई भन्छन्- समानुपातिक रूपमा बजेट वितरण गरिएकाे छ

काठमाडाैँ- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समानुपातिक रूपमा बजेट वितरण गरिएको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी झापाद्वारा मङ्गलबार आयोजित संघीयता कार्यान्वयनका सन्दर्भमा अन्तर तह समन्वय विषयक छलफलमा उनले समानुपातिक रूपमा बजेट वितरण गरेकाले दुर्गम क्षेत्रका जनताले विकासको अनुभूति गरेको धारणा राखे। ‘विकासलाई विकेन्द्रीकरण गर्न प्रदेश सरकारले सन्तुलित […]

प्रदेश १ मा अझै पेट्रोलको अभाव, मंगलबारदेखि सहज हुने निगमको दाबी

प्रदेश १ मा पेट्रोलको सहज आपूर्ति अझै हुन सकेको छैन । आज दिनभर पनि कतिपय पेट्रोल पम्प बन्द रहे भने पेट्रोल वितरण गरिरहेका कतिपय पेट्रोल पम्पमा सर्वसाधरणको लामो लाइन लागेको देखियो । व्यवसायीले खरिद नगरेपछि गत शुक्रबार इन्धन बिक्री नगरेको निगमले आइतबार भने १३ लाख ५० हजार लिटर डिजेल बजारमा पठाएको जनाएको छ ।तर, कतिपय पेट्रोल पम्पहरुले सीमित मात्रै पेट्रोल आउने भएका कारण कारलाई १ हजार रुपैयाँ, टेम्पुलाई ७ सय रुपैयाँ र मोटरसाइकल तथा स्कुटरलाई ५ सयको मात्रै पेट्रोल वितरण गर्ने सुचना जारी गरेको पाइएको छ

मंगलवारदेखि प्रदेश १ मा डीएपी मल वितरण हुँदै

विराटनगर । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले प्रदेश १ का १३७ स्थानीय तह र प्रदेश २ का सप्तरी र सिराहा जिल्लामा मंगलवारदेखि डीएपी मल वितरण गर्ने भएको छ । त्यसका लागि कृषि सामग्री कम्पनी लिमिटेडका डिलरहरूलाई पत्राचार गरिँदै छ । मल लिन आउने पत्र प्राप्त भएपछि डिलरहरूले मल सम्बन्धित गाउँ पालिकासम्म पुर्‍याउनेछन् । डिलर नभएका स्थानमा स्थानीय किसान सहकारीमार्फत मल वितरण हुनेछ । दुई महीनादेखि विराटनगरमा रहेको कृषि सामग्रीको गोदाममा ७० हजार बोरा अर्थात् ३५०० टन मल स्टक थियो । यो टेन्डरमार्फत नेपाल सरकारले मगाएको मल हो । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका निमित्त प्रमुख कृष्ण लामिछानेले वितरणको आदेश आएकाले अहिले गोदाममा आएको ३५०० टन मल वितरणको प्रक्रिाय अघि बढाइएको बताए । अझै थप ३० हजार बोरा १५०० टन मल आउन बाँकी रहेको उनको भनाइ छ । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वितरणको अनुमति आएको र अहिले प्रदेशको कृषि मन्त्रालयले समेत वितरणका लागि सहजीकरण गरिदिएकाले वितरण प्रक्रिया अघि बढाइएको हो । पछिल्लो समय ठेकेदारको लापरबाहीले मल नआउँदा किसान मलविना नै बाली लगाउन बाध्य बनेका छन् । यस्तै सीमा क्षेत्रका किसानले भारतीय बजारमा पाउने कमसल मल प्रयोग गर्ने गरेका छन् । सुनसरीको झुम्काका किसान प्रदीप काफ्ले मकै छर्नुअघि नै डीएपी मल हालेर जोतेपछि मकैका लागि पोषण पुग्ने र मकैमा घोगा बढी लाग्ने बताउँछन् । सुनसरीको छिटाहाका किसान भुवनेश्वर यादवले ६ बिगाहामा छरेको मकै उम्रिसक्यो । अब सब ड्रेसिङका लागि डीएपी मल चाहिने बताउँछन् । गढी गाउँ पालिकाका किसान श्यामसुन्दर चौधरी पनि मल वितरण शुरू भएकोमा खुशी छन् ।

प्रदेश १ मा शैक्षिक सुधारका लागि करिब २८ करोड बजेट

धनकुटा । प्रदेश–१ को समाजिक विकास मन्त्रालयले प्रदेशका ४ सयबढी शैक्षिक संस्थामा भौतिक सुविधा विस्तार कार्यक्रमका लागि करिब २८ करोड रुपैयाँ खर्च गर्ने भएको छ । प्रदेश १ का १४ जिल्लाका समुदायद्वारा सञ्चालित पुुस्तकालय, क्याम्पस, विद्यालय, सिकाई केन्द्र, गुुरुकुुल र गुम्वा लगायत ४ सय २० वटा संस्थालाई प्रस्तावमा आधारित अनुदान वितरण गर्न लागेको हो । […]

प्रदेश–१ मा आइएमइ भरोसा कोसको रकम वितरण

आइएमइ ‘भरोसा कोस’ अन्तर्गत प्रदेश– १ का लाभग्राहीहरूलाई रकम वितरण गरिएको छ । आइएमइको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा एक कार्यक्रमकाबीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहयोग राशी बराबरको चेक हस्तान्तरण गरे ।सो कार्यक्रममा लाभग्राहीहरू, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश पदाधिकारी एवम् सदस्यहरू लगायत ग्रुपको प्रदेश–१ […]