सुकुम्बासी समस्या : महानगर र आयोगबीच द्वन्द्व

काठमाडौँमा देखिएको सुकुम्बासी समस्या समाधान तथा व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ । सुकुम्बासीको व्यवस्थापन तथा तिनीहरू बस्दै आएको सार्वजनिक जग्गा खाली गराई त्यसको संरक्षण गर्ने विषयमा काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच द्वन्द्व सुरु भएको छ । महानगरले सुकुम्बासी बस्तीको जग्गा आफ्नो क्षेत्राधिकारभित्र परेको दाबी गर्दै सुकुम्बासी बस्ती खाली गराई सो जग्गाको संरक्षण गर्नुपर्छ भन्ने अडानसहित अगाडि बढिरहेको छ भने राष्ट्रिय भूमि आयोग तत्काल सुकुम्बासी बस्ती खाली गराउन नहुने अडानमा छ ।

सम्बन्धित सामग्री

‘सुकुम्बासी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक’

मोरङ – सुकुम्बासी समस्या समाधानका लागि तीन तहको सरकारको समन्वय र सहकार्य आवश्यक रहने प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बताएका छन्। मंगलबार विराटनगर–१२ स्थित बस्ती महानगर आवास परियोजनामा आयोजित कार्यक्रममा मन्त्री कार्कीले महानगरलाई सुकुम्बासीरहित बनाउनका लागि सरकारको प्रयास अधिकतम भइरहेको बताए। ह्याविट्याट फर ह्युमानिटी नेपालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित […]

सुकुम्बासी समस्या होइनन्

थापाथलीको सुकुम्बासी बस्ती हटाउन मंसिर १२ मा काठमाडौं महानगरको डोजर पुगेपछि भिडन्तको स्थिति सृजना भयो । सुकुम्बासीहरू प्रतिकारमा उत्रिए, नगर प्रहरी लगायत धेरै घाइते भए । यस घटनापछि देशैभरिका भूमिहीन सुकुम्बासीहरू आन्दोलित भएका छन् । काठमाडौं महानगर, वाग्मती सभ्यता एकीकृत विकास समिति तथा सुकुम्बासीहरूको पक्ष–विपक्षमा अनेक टीकाटिप्पणी भइरहेका छन् । सुकुम्बासीप्रतिको राज्यको नीति, तिनलाई यसरी लखेट्न हुने वा नहुने भन्ने बहस पुनः सुरु भएको छ ।