राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य (विज्ञप्तिसहित)

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ । कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।आयोगले बिहीबार विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायतसरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ ।

सम्बन्धित सामग्री