चक्रपथको कलंकी–कोटेश्वर सडकखण्डको ग्वार्कोमा फ्लाईओभर निर्माण गर्न २ साताभित्र सडक विभाग र निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेयर जेभीबीच सम्झौता हुने भएको छ । इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) पद्धतिमा आगामी २ वर्षभित्र फ्लाईओभर सम्पन्न गर्ने गरी विभागले ठेक्का सम्झौता गर्न लागेको हो ।
चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा चार लेनको फ्लाईओभर बनाउन सडक विभागले गत असारमा टेन्डर निकालेको थियो ।
विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले गत बुधवार कम बीड प्रस्ताव गर्ने उक्त जो...