नेपाल तेस्रो अभ्यास खेलमा पनि विजयी, श्रीलंका पुलिस १४४ रनले पराजित

काठमाडौँ– अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४४ रनको फराकिलो जित हात पारेको छ। नेपालले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा १८७ रनमै सेमेटिएपछि नेपालले लगातार तेस्रो जित निकालेको हो। श्रीलंका पुलिसका कप्तान सी सिल्भाले सर्वाधिक ६४ रन बनाए। यस्तै एस मौर्याले ५०, […]