यसरी असफल भयो एमालेको एकता बचाउने ‘याक एण्ड यति’ को अन्तिम प्रयास !

सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न जेठ ९ गते भएको अन्तिम प्रयास पनि असफल भएको छ । दोस्रो तहका नेताहरुले होटल याक एण्ड यतिमा भेला भएर एकता जोगाउने अन्तिम गृहकार्य गरेका थिए ।एमालेलाई फुटबाट रोक्न ओली पक्षबाट एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लागि परेका थिए । त्यस्तै, माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई पनि त्यसैगरी जुटेका थिए । दुबै पक्षका ६ जना नेताहरुले होटल याक एण्ड यतिमा आइतबार चार घण्टा लामो अन्तिम गृहकार्य गरेका थिए ।स्रोतका अनुसार उन