तत्कालिन भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पदबाट हटाइने विषयमा भित्री जानकारी प्रयोग गरी सट्टेबाजीबाट करिब ४ लाख अमेरिकी डलर कमाएको आरोपमा पक्राउ परेका एक अमेरिकी सैनिक मंगलबार अदालतमा उपस्थित हुने भएका छन्। उनलाई ठगीसम्बन्धी आरोपमा कसरी दोष स्वीकार गर्ने भन्नेबारे सोधिने अपेक्षा गरिएको छ। ३८ वर्षीय ग्यानन भान डाइक म्यानह्याटनस्थित अमेरिकी जिल्ला अदालतमा न्यायाधीश मार्गरेट गार्नेटसमक्ष […]
काठमाडौं – जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी सेवा वितरण हुने जानकारी दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट भएको निर्णय कार्यान्वयन गर्दै प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी वितरण सेवा हुलाकमार्फत नागरिकको घरदैलोमा पुर्याउन आज काठमाडौँ प्रशासन र गोश्वारा हुलाक कार्यालय, काठमाडौँबीच आज सम्झौतापत्रमा हस्ताक्षर भई कार्य सुरु […]
नेकपाका सहसंयोजक माधव कुमार नेपालले आगामी मङ्सिरमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गर्दै नेतृत्वमा ५० प्रतिशत युवाहरूलाई स्थापित गर्ने प्रतिबद्धता जनाएका छन्।