काठमाडौं : बलिउड फिल्म 'सूर्यवंशी'ले नेपालमा पनि राम्रो प्रदर्शन गरेपछि नेपाली फिल्मको पनि धमाधम प्रदर्शन मिति तोक्न थालिएको छ।'चपली हाइट ३', 'म यस्तो गीत गाउँछु २', 'प्रेम गीत ३' पछि हरर फिल्म 'कठपुतली' को पनि प्रदर्शन मिति तोकिएको छ। भीमसेन लामाको निर्देशनमा निर्मित फिल्म पुस १५ गते प्रदर्शन गर्ने तयारी गरिएको छ।विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिवलमा पुरस्कृत भएको 'कठपुतली' ल्होसार र अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउन