डडेलधुरामा देउवालाई स्वागत गर्न स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइनमा

१७ कात्तिक, डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका छन् । देउवाको स्वागतका लागि कांग्रेसका कार्यकर्ता सँगै स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइन लागेका छन् । उनी माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिएका छन् । २०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै […]

सम्बन्धित सामग्री

सागर ढकाल भन्छन्– देउवाले जिते पनि मैले जिते जस्तै हो

डडेल्धुरा :  स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरामा शेरबहादुर देउवा विजयी भए पनि आफूले जिते सरह हुने बताएका छन्।मंगलबार बिहान फेसकुब लाइभमार्फत् उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन्। उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे।‘उहाँको पाँच वर्ष अब अन्तिम हो। उहाँले जिते पनि मैले जितजस्तै हो। डराउनुपर्दैन’, उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो। अब डडेल्धुराको भनेको सागर ढकाललै हो। स

देउवा अघिअघि, सागर ढकाल पछिपछि

धनगढी- प्रतिनिधिसभाको जारी मतगणनामा  डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १९८५ मत ल्याउँदा उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले निरन्तर पछ्याइरहेका छन्। ४ हजार १ सय ७४ मतगणनामा स्वतन्त्र उम्मेदवार सागर ढकालले १०७३ मत ल्याएका छन् भने नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले ७१३ मत ल्याएका छन्।

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो

धनगढी – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्। १७०१ मत गन्दा देउवाले ७८५ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ३९१ मत पाएका छन् भने नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले ३५३ मत पाएका छन्।

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो स्थानमा

डडेलधुरा – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । १७ सय एक मतगणना हुँदा देउवाले ७ सय ८५ मत ल्याउनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा उक्लिनुभएको छ । ढकालले ३ सय ९१ मत ल्याउनुभएको छ । एमालेको समेत समर्थन रहेका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले ३ सय ५३ मत ल्याउनुभएको छ ।  १ सय २२ मत बदर भएको छ ।

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

धनगढी । प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् । हालसम्म गनेको एक हजार मत मध्ये प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मतसहति अग्रता कायम गरिरहेका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । एक हजार मत गन्दा […] The post डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवालाई पच्छ्याउँदै दोश्रो स्थानमा सागर ढकाल

धनगढी– प्रतिनिधिसभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस बिपीका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् । हालसम्म गनेको एक हजार मत मध्ये प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मतसहति अग्रता कायम गरिरहेका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् ।  एक हजार मत गन्दा सागर ढकालले […]

डडेल्धुरामा देउवा अगाडि, सागर ढकाल तेस्राे नम्बरमा

डडेल्धुरा – डडेल्धुराकाे प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिनुभएकाे छ । अहिलेसम्मकाे मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिइरहनुभएकाे छ । उहाँलाई कांग्रेस वीपीका कर्ण मल्लले ४२ मतसहित पछ्याइ रहनुभएकाे छ । स्वतन्त्र उम्मेदवार सागर ढकाल १७ मतसहित तेस्राे स्थानमा हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाको स्वागतमा प्रतिस्पर्धी सागर ढकाल

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले स्वागत गरेका छन ।

स्वतन्त्र उम्मेदवार : हरेक चुनावमा हौसिन्छन्, तर जित्न कठिन

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउन भन्दै डडेल्धुरामा सागर ढकाल कस्सिएका छन्, पूर्वप्रधानमन्त्री केपी ओलीलाई हराउन भनेर झापामा युग पाठक । ढकाल र पाठक दुवै जना स्वतन्त्र उम्मेदवार हुन् । निर्वाचन आयोगका अनुसार ४ मंसिरको प्रतिनिधि सभा चुनावमा देशभरबाट ८६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । १२ सय ७८ जनाले प्रदेश सभा छिर्ने […]