देशका धेरै ठाउँमा पानी पर्दै, साेमबारसम्म पानी पर्ने र हिमपातको सम्भावना

काठमाण्डाै – अहिले देशका धेरैजसो ठाउँमा मौसम बदली भइ पानी परिहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशका विभिन्न ठाउँमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले दक्षिण एसियाली देशहरुकै मौसम बदली भएको र त्यही प्रणालीका कारण नेपालमा पनि वर्षा तथा हिमपात भइरहेको जलवायुविज्ञ डा धर्मराज उप्रेतीले जानकारी दिनुभयो । नेपालमा पानी पारिरहेको प्रणाली आज बेलुकीसम्म देशभर फैलने र यसको प्रभाव आउँदो सोमबारसम्म रहने उहाँले बताउन...

सम्बन्धित सामग्री

आजको मौसम : पश्चिम नेपालमा पानी पर्ने

१५ माघ, काठमाडौं । आज पनि कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा पानी र हिमपातको सम्भावना रहेको छ । आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ […]

आज पनि पश्चिम नेपालमा पानी पर्ने, भोलिदेखि मौसम सफा हुने

११ माघ, काठमाडौं । आज पनि देशका केही ठाउँमा वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए […]

आज पश्चिमी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पश्चिमी क्षेत्रको मौसम भने पूर्ण बद्ली भएको मौसमविद्ले बताएका छन् ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पश्चिमी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।  यी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा पनि आज हिमपातको सम्भावना छ । अहिले बाजुरा र कालिकोटामा पानी परिरहेको पनि भट्ट...

आजको मौसम : देशभर असिना र पानी पर्ने‚ हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमाना महाशाखाले जनाएको छ।शुक्रवार विहान देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही मेघ गर्जनसहति असिना पर्ने र वर्षा हुने ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भ

आगामी तीन दिन हिमपातको सम्भावना, थप चिसो बढ्ने

आगामी तीन दिनसम्म देशभर पानी पर्ने, हुस्सु लाग्ने र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंलगायत देशभर तीन दिनसम्म घाम नलाग्ने र चिसो...

यो हप्ताभरि नै मौसम बद्ली हुने : वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै - पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । मौसमविद् सजिना शाक्यकाअनुसार आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । आज राति पश्चिमी क्षेत्रमा पानी पर्ने उहाँले बताउनुभयो । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा राति पानी पर्ने उहाँले बताउनुभयो । यस्तै, भोलि पनि देशभरको मौसम यस्तै रहने छ । आज काठमाण्डौमा फाट्टफुट्ट मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो। मौसम बद्ली भइ&nb...

आज प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद्का अनुसार यी प्रदेशका केही हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना छ ।  अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको मौसम आज सामान्य बद्ली हुने सम्भावना छ । अरू ठाउँमा भने आंशिक बद्ली हुनेछ । पानी पार्ने प्रणाली नभएकाले केही दिन ठुलो पानी पर्ने सम्भावना छ । देशका धेरै ठाउँमा बिहान र बेलुका चिसो बढ्दै गएको छ । ...