सिमकोट – कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री पदमबहादुर रोकायाले योजनाको स्थलगत रुपमा अनुगमन गरेपछि उक्त योजनाका लागि कम बजेट विनियोजन गरिएको स्विकारेका छन्। पूर्वाधार विकास कार्यालयद्वारा खार्पु ग्याग्रु दोजाम हुँदै ताकुलेकसम्मको रणनीतिक महत्वको निर्माणाधीन सडक अनुगमनपछि मन्त्री रोकायाले कार्यालय प्रमुखसँगको छलफल कार्यक्रममा उक्त सडकका लागि आवश्यक बजेट विनियोजन गर्न नसकिएको बताए। उनले […]