सदरमुकाममै बसपार्क नहुँदा समस्या

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बढ्दो सवारी चापका कारण पैदल यात्री र आम सर्वसाधारणको आवतजावतमा समस्या भएको छ ।सवारीसाधन व्यवस्थापनका लागि जिल्लामै बसपार्क नहुँदा सडक छेउको पार्किङले सर्वसाधारणलाई समस्या भएको हो । जिल्ला सदरमुकाम मुसिकोटमा बसपार्क नहुँदा वर्षेनि बढ्दै गएको सवारी चाप र अव्यवस्थित पार्किङका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । सडकछेउमै सानादेखि ठूला सवारीसाधन पार्किङ […]

सम्बन्धित सामग्री

पर्यटक बसपार्क नहुँदा समस्या

काठमाडौँ, ११ वैशाख । सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको माग भएको लामो समय भइसकेको छ । तर अझै पनि पर्यटक बसपार्कको माग भने पूरा हुन सकेको छैन । जसकारण पर्यटक बसहरु सडकलाई नै अस्थायी बसपार्कका रुपमा प्रयोग गर्न बाध्य भइरहेका छन् । हवाईमार्ग हुँदै नेपाल भित्रिने पर्यटकहरु काठमाडौँ आइपुग्छन् । र काठमाडौँबाट हवाई तथा सडकमार्ग […]

डाेटी : अब बसपार्कमै पार्किङ

डोटी – डोटीमा सञ्चालन हुने गाडी चालकले सडकमै पार्किङ गर्ने गरेका कारण सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै अहिले गाडी बसपार्कमै राख्ने निर्णय गरिएको छ । ‘व्यवस्थित बसपार्क नहुँदा समस्या, सडकमै गाडी पार्किङ’ भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि अहिले जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका र गाडी व्यवसायीको छलफलपछि बसपार्कमै गाडी पार्किङ गर्ने सहमति भएको हो । नगरपालिकाले पिपल्ला बजारमा लाखौँ रकम खर्च गरेर बसपार्क निर्माण गरेको भए पनि त्यो बसपार्क व्यवस्थित नभएको र साँघुरो भएको भ...

व्यवस्थित बसपार्क नहुँदा समस्या

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भइरहेको छ । प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार छेउमा निर्माण गरिएको बसपार्क सानो भएकाले अहिले चालकलाई सवारी पार्किङदेखि अन्य काम गर्न समस्या भएको हो । बसपार्क सानो तथा सवारीको चाप बढी भएकाले यात्रुलाई बीच सडकबाटै गाडीमा चढाउने र झार्ने काम हुँदै आएको शैैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताए । ‘बसपार्क सानो छ, चार/पाँच गाडी राख्नेबित्तिकै पूरै भरिन्छ, अन्य गाडी सडकमै पार्किङ गर्नुपर्दा समस्या भएको छ,’ उनले भने । अधिकांश सवारी सडकमै राखिँदा यहाँको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको जिल्ला ट्राफिक कार्यालय दिपायलका केशवबहादुर खड्काले बताए । बसपार्क ठूलो र गतिलो नभएका कारण सवारीसाधन मूल सडकबाटै पार्किङ गर्नुपर्ने बाध्यता रहेको सवारी चालक बताउँछन् ।       उक्त राजमार्ग भएर साना ठूला गरी दैनिक ५०० भन्दा बढी सवारी आउजाउ गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले बताएको छ । जिल्लामा पछिल्लो केही वर्षयता यात्रुवाहक सवारीका अलवा ट्रक, टिपर, लहरी, ट्र्याक्टर, टेम्पो र अन्य भारवाहन यातायातका साधनको चाप दिनहुँ बढ्दै गएकाले बसपार्कमा ठाउँ अभाव भएको बसपार्क निर्माण गर्ने जिम्मा पाएको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बताए । ‘जिल्लामा सवारीको संख्या वर्षेनि थपिँदै गएको छ, बसपार्क व्यवस्थित र ठूलो बनाउन जग्गा खरिद प्रक्रिया अगाडि बढाएका छौं, जग्गा पाए बसपार्क व्यवस्थित गर्नेछौं ।’ यात्रुवाहकले यात्रु झार्नेदेखि चढाउने र भारवाहन सवारीले सर–सामान लोड–अनलोड गर्ने काम सडकमै गर्ने भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएको जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दले जानकारी दिए । सडकको दायाँ र बायाँ फुटपाथसमेत नभएकाले सवारीको चापका कारण नागरिकलाई बजारमा हिँडडुल गर्नै समस्या भएको स्थानीयवासी बताउँछन् । यतिमात्र नभई कतिपय पसलले सडकमै सर–सामान राख्ने र घरधनीले विभिन्न निर्माण सामग्री पनि सडक छेउछाउमै राख्ने भएकाले सदरमुकाम क्षेत्रमा सवारीसाधन चलाउन निकै समस्या भइरहेको दिपायल पिपल्लाका स्थानीयवासी दिव्यराज पाठकले बताए । यहाँका राजपुर, पिपल्लामा सडक विभागले सडक मापदण्डअनुसार सडक छेउछाउमा निर्माण गरेका घरटहरा हटाउन निकै प्रयत्न गरे पनि सडक क्षेत्र खाली गराउन नसकिएको डिभिजन सडक कार्यालय कुलपाते दिपायलले बताएको छ । सडक छेउको जग्गा खाली गराउन खोज्दा उल्टै स्थानीयवासीले मुद्दा दायर गरेपछि सर्वाेच्चसम्म मुद्दा लड्नुपरेको र हाल सर्वाेच्चले सडक विभागका पक्षमा फैसला गरिसके पनि कार्यान्वयन हुन नसकेको कार्यालयको दाबी छ । रासस

बसपार्क नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट बजारमा बसपार्क नहुँदा पार्किङको समस्या भएको छ। करिब दुई वर्षअघि मात्रै मध्यपहाडी राजमार्गअन्तर्गत बैतडीको