पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादीका प्रमुख सचेतक एवं सांसद हरिबहादुर चुमानले साढे दुई वर्ष राम्रो काम गरेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पछि जिम्मेवारी बिर्सिएर लतारिँदै गएको बताएका छन् । प्रदेश सरकारको आठौं अधिवेशनमा विशेष समयमा बोल्दै उनले सुरुका दिनमा प्रदेशमा विकास निर्माण लगायतका कार्य गर्न रफ्तारमा रहेका मुख्यमन्त्री गुरुङको क्रमश स्प्रिड घटेर लतारिँदै हिड्न थालेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी ओलीको पालामा प्रदेश मातहत प्रहरी नआउने बताए । उनले सहिदका परिवारको हितमा केही