केवाईसी अपडेट गर्न र दोहोरो खाता बन्द गर्न माछापुच्छ्रे बैंकको आग्रह, नगरे खाता रोक्का

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई ग्राहक पहिचान विवरण (KYC) अनिवार्य रुपमा अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले विभिन्न मितिमा यसबारे सार्वजनिक सूचना प्रकाशित गरिएकोमा केही ग्राहकले हालसम्म अद्यावधिक नगरेकोले आफ्नो खाता रहेको शाखा वा आफुलाई पायक पर्ने शाखामा यथाशिघ्र सम्पर्क राखी तोकिएको फारम भरी ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्न अनुरोध गरेको हो। सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा नियमावली तथा नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिकाले बमोजिम सबै ग्राहकले ग्राहक पहिचान विवरण (KYC) अनिवार्य रुपमा अद्यावधिक गर्नु पर्ने ब्यबस्था गरेकोले।त्यस्तै बैंकले दोहोरो खाता बन्द गर्न र एक भन्दा बढी डेविट कार्ड भए एउटालाई रद्द गराउन समेत आग्रह गरेको छ । बैंकएल भनेको छ ' नेपाल राष्ट्र बैंकबाट जारी एकिकृत निर्देशन बमोजिम प्राकृतिक व्यक्तिको नाम स्वदेशी मुद्रामा सञ्चालन हुने एउटै प्रकृतिको एक भन्दा बढी खाता (मुद्धती खाता, सामाजिक सुरक्षा तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट अनुदान वितरण हुने खाता, पेन्सन वितरण प्रयोजनको खाता एवम् नाबालकको खाता तथा एक कार्ड मात्र जारी हुने गरी खोलिएको संयुक्त खाता बाहेक) खोल्न नपाईने तथा एउटै प्रकारको एक भन्दा बढी डेविट कार्ड जारी गर्न नमिल्ने प्रावधान बमोजिम हालसम्म त्यस्तो प्रकारको दोहोरो खाता बन्द तथा डेविट कार्ड रद्द नगराउनु भएका ग्राहक महानुभावले यथाशिघ्र सम्बन्धित शाखामा सम्पर्क राखी दोहोरो खाता बन्द तथा दोहोरो डेविट कार्ड रद्द गराउन हुन अनुरोध गर्दछौं।'अन्यथा त्यस किसिमका खाता तथा डेविट कार्ड स्वतः निष्कृय भई रोक्का राखिने बैंकले जनाएको छ।

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकले ल्यायो साढे ६ वर्षमा डब्बल धमाका योजना

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकका लागि माछापुच्छ्रे स्मार्ट मुद्धती खाता सञ्चालनमा ल्याएको छ । उक्त खाताका ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको […]

माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा डब्बल धमाका योजना

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ। उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन्।

माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा दोब्बर धमाका योजना

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ«े स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ ।उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजार रुपैयामा नै खोल्न सकिनेछ । साथै बैंकले यस प्रकारको खातामा ग्राहकलाई साँवा रकमको ९० […]

‘खल्ती’ मा माछापुच्छ्रे बैंकको खाता लिंक गरे बोनस र स्मार्टफोन

खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी भएसँगै  ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । ‘खल्ती’मा  माछापुच्छ्रे बैंकको लिङ्क गरेमा प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने जनाइएको हो ।यस्तै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ्गको स्मार्टफोन पनि जित्न सक्ने खल्तीले जनाएको छ ।  बोनस र स्मार्टफोन माछापुच्छ्रे बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने प्रयोगकर्ताका लागि लागू हुने जनाइएको छ ।  एकपटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछ

बैंकबाट वृद्धभत्ता लिन ज्येष्ठ नागरिकलाई सास्ती

धनकुटा : धनकुटा नगरपालिका–२ भीरगाउँकी ७० वर्षीया ज्यानमाया राई सामाजिक सुरक्षा भत्ता बुझ्न चार घण्टा पैदल हिँडेर धनकुटा बजार पुगिन्। तर‚ उनलाई कागजपत्र पुर्‍याउन सकस पर्‍यो। बैंकमा खाता मिलाउन आएको बताउने राई आउनेजाने खर्चले भत्ताबापतको आधा रकम मात्र बच्ने बताउँछिन्।धनकुटा बजारस्थित माछापुच्छ्रे बैंक पुगेका धनकुटा–५ का ८० वर्षीय धनबहादुर राईले पनि भत्ता लिन असाध्यै सास्ती खेप्नु परेको गुनासो गरे। यसअघि घर आँगनमै चौमासिक रुपमा भत्ता बुझ्दै आएका उनलाई बैंकबाट भत्ता लिनुपर

दराजको महाबचत बजार अभियान : म्याक बुक प्रो १३ का साथै आईफोन १२ जित्ने मौका

साउन ३, काठमाडौं । दराजको महाबचत बजार अभियान शुरु भएको छ । आज (आइतवार) देखि शुरु भएको उक्त अभियान ९ गतेसम्म चल्नेछ । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरुका लागि बचत प्रवर्द्धन गर्नु रहेको कम्पनीको भनाइ छ । अभियानको मुख्य हाइलाइटहरू चार हजार सम्मको छूट, बैंक कार्ड वा आईएमई पे मार्फत अनलाइन प्रि-पेमेन्टमा दुई हजारसम्मको छूट रहेको बताइएको छ । साथै एक रुपैयाँमा आइफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भौचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ ।  यस अभियानका लागि, नबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबि बैंकका कार्डवाहकहरूले प्रि-पेमेन्टमा आकर्षक छूट लिन सक्ने बताइएको छ । यी बैंकका डेबिट कार्डवाहकहरूले १५ प्रतिशत (एक हजार पाँच सयसम्म) को छूट पाउनेछन् । क्रेडिट कार्डवाहकहरूले कार्ड प्रि-पेमेन्टमा २० प्रतिशत (दुई हजारसम्म) छूट पाउने कम्पनीले बताएको छ ।  यसैगरी, ग्राहकहरू आफ्नो आइएमइ पे खाता मार्फत प्रि-पेमेन्ट गरेर मूल्य कम गर्न पनि सक्छन् । आइएमइ पे मार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरीदमा २० प्रतिशत (एक हजारसम्म) छूट पाउन सक्ने बताइएको छ ।

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड

माछापुच्छ्रे बैंक लि. ले एमबीएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ । बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरि अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्नेछन् ।उक्त कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन्  ।आफ्नै कार्...

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसार माछापुच्छ्रे बैंक ले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ ।बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरि अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  उक्त कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक...