टाटा विद्युतीय एसयूभी नेक्सन सार्वजनिक

काठमाडौं (अस) । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको विद्युतीय एसयूभी नेक्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । सिप्रदी ट्रेडिङले भर्चुअलमार्फत विद्युतीय गाडी नेक्सन इभी सार्वजनिक गरेको हो । जिपट्रोन प्रविधिमा आधारित नेक्सन इभीमा टिकाउ ब्याट्री रहेकाले एक पटक चार्ज गरेपछि २ सय ५० देखि ३ सय किलोमिटर दूरीसम्म सहजै गुड्छ । डिसीचार्जर प्रयोग गर्दा नेक्सन इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीले बताएको छ । गाडीमा टेल लाइट, ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, रिअर एसी भेन्ट, आईपी ६७ कम्प्लायन्ट वाटरप्रुफ, ब्याट्री प्याक, मल्टिपल ड्राइभिङ मोड, हिल असेन्ट, इलेक्ट्रिक पावर्ड सनरुफ, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर्स, एन्टिलक ब्रेकिङ सिस्टम, डुअल एयर ब्यागलगायत विशेषता छन् । नयाँ विद्युतीय नेक्सनमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेकाले कच्ची बाटोमा  सजिलै चलाउन सकिनेछ । गाडीले १२९ पिएस पावर र २ सय ४५ एनएमको टर्क जेनेरेट गर्छ । नेक्सनको विद्युतीय मोडलको ब्याट्रीमा १ लाख ६० हजार किलोमिटर र गाडीमा १ लाख २५ हजार किलोमिटरको वारेन्टी रहेको कम्पनीले जनाएको छ । विद्युतीय गाडी नेक्सनलाई आफ्नै घरमा पनि चार्ज गर्न सकिनेछ । यसका लागि कम्पनीले नै ग्राहकका घरमा चार्जिङ पोर्ट जडान गरिदिनेछ । कम्पनीले हाल बागडोल, चुम्लिङटार, पोखरा, भैरहवा, हटौंडा, मुलकोट र इटहरीलगायत ८ स्थानमा फास्ट चार्जिङ स्टेसन निर्माण गरिसकेको छ । दोस्रो चरणअन्तर्गत नारायणघाट, लहान, बुटवल, वालिङ, लम्ही, कोहलपुर र अत्तरियामा  चार्जिङ स्टेसन निर्माण भइरहेको कम्पनीले बताएको छ । डिसी चार्जिङ स्टेसनबाहेक कम्पनीले एक सय ठाउँमा इभी चार्जिङ पोर्ट पनि राख्नेछ । यो गाडी नेक्सन–इभी एक्सएम, एक्सभी प्लस र एक्सजेड प्लस एलयुएक्स गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले नेक्सनको एक्सएमको सुरु मूल्य ३५ लाख ९९ हजार, एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र एक्सजेड प्लस एलयुएक्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

सम्बन्धित सामग्री

टाटा नेक्सन नेपाली बजारमा लोकप्रिय बन्दै

काठमाडौं । टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सन गाडी नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ । भारतमा अग्रणी स्थान ओगट्न सफल नेक्सन गाडीको माग पछिल्लो समय नेपाली बजारमा पनि उच्च रहेनुले यसको लोकप्रियता बढ्दै गएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आइसी र ईभी जस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको विक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली […]

टाटा नेक्सन अब नेपालको नम्बर एक एसयूभी

नेपाली बजारमा टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनको माग उच्च रहेको छ । आईसी र ईभी जस्ता मोडलहरूमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको कम्पनीले जनाएको छ ।एसयूभी बढी शक्तिशाली र आकर्षक हुने भएकाले नेपाली बजारमा माग उच्च रहेको कम्पनीले दाबी गरेको छ । मनमोहक डिजाइन, उच्च शक्ति र […]

टाटा नेक्सन अब नेपालको नम्बर एक एसयूभी

टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले भारतमा अग्रणी स्थान ओगट्न सफल भएको छ । पछिल्लो समय नेपालमा पनि नेक्सनले नम्बर १ को पहिचान सफलताका साथ स्थापित गरेको कम्पनीको दाबी छ । आइसी र इभी जस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको छ ।सेडान र ह्याचब्याक श्रेणीका गाडीहरु भन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले यसलाई बढ्दो संख्यामा नेपाली ग्राहकहरुले रोजिरहेको कम्पनीको भनाइ छ ।   कम्पनीका अनुसार नेपाली बजारमा विभिन्न एसयूभी

टाटा नेक्सन फेब्रुअरीमा पनि शीर्ष स्थानमा

फेब्रुअरी महिनामा पनि टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयूभी भएको छ। टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयूभी बनेको हो। यसले हुन्डाई, किया र महिन्द्राका एसयूभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको कम्पनीले जनाएको छ।

टाटा नेक्सन फेब्रुअरीमा पनि शीर्ष स्थानमा

फेब्रुअरी महिनामा पनि टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयूभी भएको छ। टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयूभी बनेको हो। यसले हुन्डाई, किया र महिन्द्राका एसयूभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको कम्पनीले जनाएको छ।

ग्राहक रोजाइमा पर्‍यो टाटा नेक्सन

काठमाडौं (अस) । बजारमा विभिन्न कम्पनीले एसयूभी सेग्मेन्टअन्तर्गतका गाडी बिक्री तथा वितरणमा जोड दिँदै आएका छन् । नेपाली ग्राहकले टाटा नेक्सन बढी रुचाइएको पाइएको नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बताएको छ । नेपालमा सन् २०२१ जुलाईदेखि बिक्री सुरु भएको टाटा नेक्सनले  ग्राहक प्रतिक्रिया र बजार दुवै सकारात्मक पाएको कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीका रूपमा हुन्डाईको भेन्यू र रेनोको काइगर रहेका छन् । टाटाको नेक्सन, हुन्डाईको भेन्यू र रेनोको काइगर तीनै गाडीमा बिएस–६ कम्प्लायन्टको इन्जिन जडित छ । टाटा नेक्सनले ग्लोबल एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ पाएको छ । भेन्यू र काइगरले भने सुरक्षा रेटिङमा ४ स्टार रेटिङ पाएको छ । टाटा नेक्सन १,२३७ केजीको छ । हुन्डाई भेन्यूको तौल १,११२ देखि १,२५१ केजी छ । रेनो काइगरको तौल १,०१२ केजी छ । टाटा नेक्सनको लम्बाइ ३,९९३ एमएम, चौडाइ १,८११ र उचाइ १,६०६ एमएम छ । यो गाडीको ह्वीलबेस २,४९८ एमएम छ भने भेन्यू र काइगरको ह्वीलबेस २,५०० एमएम रहेको छ । २०९ एनएम ग्राउन्ड क्लियरेन्सको टाटा नेक्सन नेपाली बाटो सुहाउँदो रहेको कम्पनीको दाबी छ । ५ सिटर नेक्सन, भेन्यू र काइगर तीन वटै एसयुभीको बाहिरी डिजाइन लोभलाग्दो छ । नेक्सनमा सन रुफ, डुअल–फंसन डे–टाइम रनिङ एलइडी लाइटलगायत सुविधा रहेकाले युवा पुस्ताको रोजाइमा परेको कम्पनीको दाबी । टाटा नेक्सन इन्टेरिअर आधुनिक डिजाइनमा तयार पारिएको छ भने यसको क्याबिन फराकिलो हुनुका साथै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फराकिलो सेन्ट्रल कन्सोल र थप स्टोरेजका लागि ठाउँ पर्याप्त रहेको छ । कम्पनीका अनुसार टाटा नेक्सनमा यात्रु सुविधाका लागि अटोमेटिक क्लाइमेट कन्ट्रोल सुविधा छ । टाटा नेक्सनले वयस्क सुरक्षाका लागि ग्लोबल एनक्याप टेस्टमा ५ स्टार र बालबालिकाका सुरक्षाका लागि थ्री स्टार रेटिङ पाएको छ । नेक्सनमा हिलहोल्ड कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, ब्रेक असिस्ट र इलेक्ट्रोनिक स्टेबिलिटी इबिडीसहितको एबिएस, रिभर्स पार्किङ सेन्सरजस्ता विशेषता छन् । नेक्सन १.२ लिटर टर्बो रिभोल्ट्रोन पेट्रोल इन्जिन र १.२ लिटर टर्बो रिभोल्ट्रोन डिजेल इन्जिन विकल्पमा उपलब्ध छ । १,१९९ सिसी डिस्प्लेसमेन्ट भएको नेक्सनको पेट्रोल इन्जिन विकल्पमा ३ सिलिन्डर, २ भल्भ, एसओएचसी इन्जिन जडित छ । यसले  ५,५०० आरपिएममा १२० पिएस पावर र १,७५०–४,००० आरपिएममा १७० एनएम टर्क जेनेरेट गर्छ । डिजेल विकल्पमा उपलब्ध नेक्सनमा १,४९७ सिसी डिस्प्लेसमेन्ट, ४ सिलिन्डर छ,  जसले ४,०० आरपिएममा ११० पिएस पावर र १,५००–२,७५० आरपिएममा २६० एनएम टर्क जेनेरेट गर्छ । नेक्सनको पेट्रोल संस्करणले प्रतिलिटर १७.४ किलोमिटर र डिजेल संस्करणले २२.४ किलोमिटर माइलेज दिन्छ । टाटा नेक्सनमा इको, सिटी र स्पोर्ट गरी तीन ड्राइभिङ मोड छन् । नेपालमा नेक्सनको मूल्य ४० लाख ३० हजारदेखि ५३ लाख ९० हजार रुपैयाँसम्म पर्छ । यो हरियो, सेतो, रातो र ग्रे गरी चार रंग विकल्पमा उपलब्ध छ ।

टाटा नेक्सन सर्वाधिक बिक्री हुने एसयूभीकाे पहिलाे स्थानमा

टाटा मोटर्स यो महिना पनि शीर्ष स्थान ओगट्न सफल भएको छ । टाटा मोटर्सले १३ हजार ८१६ युनिट नेक्सन बिक्री गरेर पहिलो हुन सफल भएको हो । किया सेल्टोस ११ हजार ४८३ युनिटसहित दोस्रो स्थानमा छ र हुन्डाई भेन्यु ११ हजार ३७७ युनिटसहित तेस्रो स्थानमा छ । त्यस्तै, चौथो स्थानमा टाटा मोटर्सको नयाँ माइक्रो एसयूभी परेको छ भने हुन्डाई क्रेटा ९ हजार ८६९ युनिटसहित पाँचौँ स्थानमा रहेको छ । छैटौँ स्थानमा रहेको ब्रेजा ९ हजार ५७६ युनिट र सातौँ स्थानमा रहेको किया सोनेट ६ हजार ९०४ युनिट बिक्री भएको छ । त्यस्तैगरी धेरै बिक्री हु...

टाटा नेक्सन सबैभन्दा धेरै बिक्री हुने एसयूभी

काठमाडौं । टाटा मोटर्सको टाटा नेक्सन २०२२ जनवरीमा  पनि सबैभन्दा धेरै बिक्री हुने  एसयूभी बनेको छ । हुन्डाई, किया, मारुती सुजुकीलाई पछाडी पारेर टाटा नेक्सन शिर्ष स्थानमा रहन सफल भएको हो ।  टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरीको हिसाबले सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट सावित भइसकेको दाबी कम्पनीले गरको...

नयाँ अवतारमा नेक्सन डिजेल बीएस ६, कति पर्छ मूल्य ?

टाटा नेक्सन बीएस ६ नयाँ अवतारमा आएको छ । गाडी पारखीहरूका लागि यो खुशीको खबर भएको कम्पनीको भनाइ छ ।  ‘नयाँ–नयाँ भर्जन हेर्दा ढुक्कले भन्न सकिन्छ कि नेक्सनले ग्राहकहरूको आधुनिक चाहना र रोजाइलाई निकै नजिकबाट बुझेको छ र त्यसैको प्रतिफल हो– नेक्सन डिजेल–बीएस ६,’ कम्पनीले भनेको छ ।  टाटा नेक्सनको बीएस ६ को अगाडिको आफ्नो आकार पूरै बदलेर स्लीम बनाइएको छ । टाटाको २.० ईम्प्याट डिजाइनलाई ग्रहण गरेको एसयूभी हेर्दै गज्जबको देखिने कम्पनीको भनाइ छ ।  ‘कतिपयलाई यसका पुरा...