मंगलवारदेखि हेटौंडा केन्द्रित आन्दोलन गर्दै यातायात व्यवसायी

काठमाडौं । स्थानीय रूटमा चल्ने छोटो दूरीका सवारीसाधनको भाडादर बढाउनुपर्ने माग राख्दै सोमवार बिहानैदेखि काठमाडौंमा आन्दोलन गरेका यातायात व्यवसायीले मंगलवारदेखि बागमती प्रदेशको राजधानी हेटौंडामा आन्दोलन गर्ने भएका छन् । काठमाडौंमा आन्दोलन गरेर आफ्ना माग पूरा नहुने भन्दै उनीहरूले यस्तो निर्णय गरेका हुन् । दिनभर आन्दोलनमा रहेका व्यवसायीले सोमवार बेलुका बैठक बस्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गर्न र आफ्ना माग पूरा गराउन प्रदेश राजधानी जाने निर्णय गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष भरत नेपालले मंगलवारदेखि नै आफूहरू मुख्यमन्त्री र विभागीय मन्त्रीको कार्यालय घेराउ गर्न हेटौंडा जाने बताए । ‘बरु हामी दशैं मनाउँदैनौं, तर आफ्ना माग पूरा गराएरै छाड्छौं,’ उनले भने । व्यवसायीले छाटो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढाउनुपर्ने माग राख्दै काठमाडौंको चक्रपथमा चल्ने गाडी बाटोमै तेस्र्याएर आन्दोलन गरेका थिए । व्यवसायीले ग्वार्को, कोटेश्वर, गौशाला, सातदोबाटो, चाबहिल, सुकेधारा, कलंकी लगायत स्थानमा खाली गाडीले सडक अवरोध गरेर आन्दोलन गरेका थिए । उनीहरूले गाडीले यात्रु बोकेको पाएमा बीच बाटोमै रोकेर हिँड्न बाध्य पारेका थिए । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सवारीसाधनमा पहिलेको भाडादरमा २८ प्रतिशतले वृद्धि गरे पनि प्रदेश अन्तर्गतका जिल्लामा चल्ने सवारीसाधनमा भने भाडादर बढाएको छैन । यी जिल्लामा भाडा बढाउन प्रदेश सरकारले निर्णय गर्नुपर्ने भए पनि बागमती प्रदेशले छोटो दूरीका सवारीसाधनमा भाडा बढाउनेबारे हालसम्म कुनै निर्णय नगर्दा व्यवसायी आन्दोलित भएका हुन् । सोमवारको आन्दोलनमा काठमाडौंसहित धादिङ, रसुवा, मकवानपुर, सिन्धुपाल्चोक लगायत जिल्लाका ७२ ओटा कम्पनीका करीब ५ हजार सवारीसाधन र त्यसमा काम गर्ने १० हजार मजदूर रहेका थिए ।

सम्बन्धित सामग्री

ब्याजदर एकल अंकमा नझारे आन्दोलन गर्ने यातायात व्यवसायीको चेतावनी

२१ कात्तिक, काठमाडौं । यातायात व्यवसायीहरुले एकल अंकमा ऋणको ब्याजदर कायम गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै ‘चालु पूँजी कर्जा मार्गदर्शन २०७९’ संशोधन गर्न पनि माग गरेका छन् । नेपालको सार्वजनिक तथा मालवाहक यातायात र ढुवानी व्यवसायमा […]

सरकारसँग दुई बुँदे सहमतिपछि यातायात व्यवसायीको आन्दोलन फिर्ता

कास्की । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशले आजदेखि घोषणा गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएको छ । गण्डकी प्रदेश सरकार र यातायात व्यवसायीबीच शनिबार साँझ दुई बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि सवारी कर र जरिवानामा वृद्धि गरेको भन्दै महासङ्घले आफ्ना मातहतका समितिका करिब […]

सरकारसँगकाे सहमतिपछि यातायात व्यवसायीको आन्दोलन फिर्ता

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशले आजदेखि घोषणा गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएको छ । गण्डकी प्रदेश सरकार र यातायात व्यवसायीबीच शनिबार साँझ दुई बुँदे सहमति भएसँगै...

कर बढाएको विरोधमा गण्डकीमा यातायात व्यवसायीको आन्दोलन घोषणा

१८ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले कर बढाएको विरोधमा यातायात व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले मंगलबार एक विज्ञप्ति जारी गरी साउन २२ गतेदेखि प्रदेशभरका सार्वजनिक गाडी नचलाउने घोषणा गरेको छ । गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा सवारी कर ३ सयदेखि १० हजार रुपैयाँसम्म वृद्धि गरेको […]

आफूखुसी बढाएको भाडा लिन नपाएपछि यातायात व्यवसायी आन्दोलित

काठमाडौँ । यातायात व्यवसायीले स्थानीय रुटमा चल्ने सवारीको भाडा बढाउनुपर्ने माग राख्दै सोमबार चक्रपथमा सांकेतिक रुपमा गाडी तेर्साएर आन्दोलन गरेका छन् । बिहान ७ बजेदेखि १० बजेसम्म चक्रपथको सुकेधारा, चाबहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकीलगायत स्थानमा लाइन गाएर गाडी थन्क्याई व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । रिंगरोडमा तेर्साएर राखिएका गाडी अहिले व्यवसायीले लगिसकेको ट्राफिक प्रहरीले जनाएको छ […]

भाडा बढाउन माग गर्दै यातायात व्यवसायीको आन्दोलन (फोटोसहित)

काठमाडौं : सार्वजनिक सवारी साधनमा छोटो दूरीको भाडा बढाउनुपर्ने माग गर्दै यातायात व्यवसायी र चालकहरू आन्दोलनमा उत्रिएका छन।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साेमबार बिहान ७ बजेदेखि नै रिङ रोडमा करिब पाँच सय बस राखेर विरोध गरिरहेका छन्। यातायात व्यवसायीहरुले विरोध गरेपछि यात्रुहरुलाई सास्ती भएको छ। उनीहरु समयमा आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन्। विरोध गरेपनि ट्राफिक जाममा भने केही समस्या नभएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले बताए।‘भाडा बढाउनुपर्ने माग राखेर ब

भाडा बढाउन माग राख्दै यातायात व्यवसायी आन्दोलित (भिडियो)

काठमाडौँ– भाडा समायोजन र सार्वजनिक सवारी साधन सञ्चालनको पूर्वाधार निर्माण गर्नुपर्नेलगायतका माग राख्दै यातायात व्यवसायीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायातको भाडा एवं ट्याक्सीको सुरुआती कल समायोजन, २० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुटलगायतका माग अघि सार्दै दोस्रो चरणको […]

महासंघ अध्यक्षसहित ५ यातायात व्यवसायी पक्राउ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन् । सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरको एक होटलबाट शनिबार पक्राउ गरेको हो ।

यातायात व्यवसायी महासंघका अध्यक्ष कर्माचार्यसहितका केही पदाधिकारी पक्राउ

काठमाडौं । यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित महासंघका पदाधिकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ। अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । कर्माचार्य आन्दोलन मूल ...