लोक गायक तथा कलाकार जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ । बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १० देखि १२ बजेसम्म जमलस्थित नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ । […]