सुन आयातमा राष्ट्र बैंकको कडाइ, दैनिक १० किलो मात्रै आयात गर्न पाइने

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज आइतवार निर्देशन जारी गर्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने जनाएको छ । सुन आयातकै लागि ठूलो रकम विदेशिँदा विदेशी विनिमय सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले दैनिक २० किलोको कोटाबाट घटाएर १० किलोमा झारेको हो । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ को दफा (४) लाई संशोधन गरिएकाले त्यहीअनुसार गर्न निर्देशन दिएक...