झण्डै दुई खर्ब लागतमा लिफ्टिङ खानेपानी योजना सञ्चालन हुँदै

जिल्लाको पहाडी भेगका ३ गाउँपालिका र कटारी नगरबासीसमेतका लागि गत ०७५ सालदेखि सञ्चालन गर्ने भनिए पनि अहिलेसम्म सुरु नभएको लिफ्टिङ खानेपानी योजना कार्यान्वयनमा आउन लागेको छ।...

सम्बन्धित सामग्री

सम्पन्न भएन खानेपानी योजना

निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि बागलुङ बजारको लिफ्टिङ खानेपानी परियोजना सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्ती र प्राकृतिक विपत्तिका कारण बागलुङ नगरको सहलगानीको खानेपानी परियोजना सम्पन्न गर्न ढिलाइ भएको हो । परियोजना पूर्ण रूपमा सम्पन्न नहुँदा बागलुङवासीले खानेपानीको समस्या भोग्दै आएका छन् ।

बागलुङ लिफ्टिङ खानेपानी योजना अलपत्र

निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि बागलुङ बजारको लिफ्टिङ खानेपानी परियोजना सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्ती र प्राकृतिक विपत्तिका कारण बागलुङ नगर सह-लगानी खोनेपानी परियोजना सम्पन्न गर्न ढिलाइ भएको हो ।

खोटाङमा 'लिफ्टिङ खानेपानी योजना' निर्माण सुरु

सदरमुकाम दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाका ३ वटा वडावासीलाई सुद्ध खानेपानी उपभोग गराउने उद्देश्यले लिफ्टिङ खानेपानी योजना निर्माण सुरु भएको हो।...

लिफ्टिङ खानेपानी योजना शिलान्यास

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा साप्सु खोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा खानेपानीको सुविधा विस्तारका लागि मेवा दोभान, साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको हो। शनिबार लफ्याङमा साप्सु खोला […]

स्याङ्जाका तीन हजार ३०६ ओटा घरमा ‘एक घर–एक धारा’ जडान

भदौ २६, वालिङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्याङ्जाका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार ३०६ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो । यहाँको मुख्य समस्याका रुपमा रहेको खानेपानी व्यवस्थापनका लागि गाउँपालिकाले नीति, योजना र बजेट विनियोजन गरेपछि घरघरमा धारा जडान भएको हो ।  गाउँपालिकाले प्रदेश र संघीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा यहाँको मुख्य समस्याका रुपमा रहेको खानेपानीको व्यवस्थापन गरिएको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीले जानकारी दिए । गाउँपालिकाभित्र रहेका प्रायःजसो बस्तीहरुभन्दा तल्लो भागमा पानीका स्रोतहरु भएका कारणले गर्दा पनि यहाँका बासिन्दा खानेपानीको समस्याबाट पीडित हुँदै आएका थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि खानेपानी योजनाहरु सञ्चालन गरेर समस्याको समाधानतर्फ लागेको संयोजक अधिकारीको भनाइ छ ।  उनका अनुसार सातओटा वडामा आव २०७६/७७ को अन्तिमसम्ममा २२ ओटा खानेपानी योजनमार्फत दुई हजार १२६ घरधुरीमा खानेपानी विस्तार गरिएको थियो । आव २०७७/७८ मा आठओटा योजनामार्फत एक हजार १८० घरधुरी गरी कुल ३० ओटा खानेपानी योजना सम्पन्न गरी कुल तीन हजार ३०६ घरधुरीमा ‘एक घर–एक धारा’ जडान गरी खानेपानीको पहुँच पुर्‍याइएको छ ।  चालु आव २०७८/७९ मा १७ ओटा खानेपानी योजना सञ्चालनका क्रममा रहेका गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । उनका अनुसार उक्त योजनाबाट बाँकी रहेका एक हजार ७११ घरधुरी लाभान्वित हुने र सिंगो गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरी खानेपानीको सहजता हुनेछ ।  छोटो समयमै खानेपानीको समस्या समाधान गर्ने कार्यमा पालिकासँगसँगै स्थानीयवासीको पनि उत्साहजनक लागत सहभागिता रहेको अध्यक्ष थापाको भनाइ छ ।  ‘समृद्ध गाउँपालिका, सुखी नागरिक’ को मर्मलाई आत्मसात् गर्दै गाउँपालिकाले नागरिकका समस्यालाई केन्द्रमा राखेर नीति निर्माण गर्ने र त्यसको कार्यान्वयनमा जोड दिँदै आएअनुरुप खानेपानी तथा सिँचाइका लागि पानीको स्रोत व्यवस्थापन गरी वितरण गर्दै आएको छ ।  गाउँपालिकामा निर्माण सम्पन्न भएका ३० खानेपानी योजनमध्ये वडा नं १ मा जरुवा लिफ्टिङ खानेपानी योजना सबैभन्दा ठूलो योजना रहेको छ भने वडा नं २ मा सबैभन्दा सानो कुटगन दाउन्ने खानेपानी योजना रहेको छ । करेकुवा योजनाअन्तर्गत ३७५ घरधुरी लाभान्वित छन् भने कुटगन योजनाअन्तर्गत ६ घरधुरी लाभान्वित भएका वास संयोजक अधिकारीले जानकारी दिए ।  यसैगरी लामो समयदेखि खानेपानीको समस्या झेल्दै कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको छ । गाउँभन्दा दुई किलोमिटर टाढा रहेको तातोपानी मूलबाट पानी ल्याई गाउँभन्दामाथि रहेको माझटोलमा ट्यांकी निर्माण गरी सोहीमार्फत् गाउँका प्रत्येक घरमा वितरण गरिएको संयोजक अधिकारीको भनाइ छ ।   मगर समुदायको बसोबास रहेको स्याङ्जाको सुदूरपश्चिम गुल्मी तथा पाल्पाको सिमानासँग जोडिएको लसर्घा बेसीका नागरिकले स्थानीय ठाउँमा रहेका पानीको स्रोत कुवा, खोल्साखोल्सीका खानेपानीबाट तिर्खा मेट्दै आएका थिए । ‘यो योजना आउनभन्दा पूर्वको समयमा कुवा र खोल्साखोल्सीबाट पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यता थियो’, अध्यक्ष थापाले भने, ‘त्यो पनि पर्याप्त थिएन, घण्टौँसम्म लाइनमा बस्नुपथ्र्यो, शुद्ध थिएन तर नखाई नहुने स्थिति थियो ।’ घरघरमै खानेपानीको धारा जडान भएपछि जतिबेला पनि पानीको सहज पहुँच पुगेकाले पिउनदेखि गाईभैँसी तथा करेसाबारीमा पनि प्रयोग गर्न सकिने भएको अध्यक्ष थापाको भनाइ छ ।  प्रत्येक घरमा मिटर जडान गरिएको छ भने मर्मत तथा पानी खोल्ने बन्द गर्नका लागि दुई जना कर्मचारी राखिएको छ । ‘खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको कुवामा जानुपर्ने बाध्यता हटेको छ’, उनले भने, ‘घरघरमै धारा जडान भएर चौबिसै घण्टा पानी आउन थालेपछि यहाँका बासिन्दालाई सहज र सुविधा भएको छ, आँगनमै पानीको पहुँच पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।’ रासस

लिफ्टिङ खानेपानी योजना सञ्चालन

खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा लिफ्टिङ खानेपानी योजना सञ्चालनमा ल्याइएको छ ।

२४२ घरमा ‘एक घर, एक धारा’

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीयको घर घरमा धारा जडान गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमुलमा ‘हिले राजास्वारा लिफ्टिङ खानेपानी योजना’ सञ्चालनमा आएसँगै खानेपानीको समस्या हटेर गएको हो । एक गाग्री पानीका लागि स्थानीयले झण्डै एक घण्टा समय खर्चनुपर्ने बाध्यता रहेकोमा खानेपानी योजना निर्माण भएपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिएको उक्त खानेपानी योजना उपभोक्ता समितिका सचिव पवनकाजी अधिकारीले बताउनुभयो । “गाउँभन्दा तल रहेको मूलबाट बिजुलीका माध्यमबाट गाउँभन्दा माथि ट्याङ्की निर्माण गरी पानी तानिएको छ”, समितिका सचिव अधिकारीले भन्नुभयो, “मूलबाट गाउँमाथि रहेको ट्याङ्कीमा पानी ल्याइपु¥याउन एक हजार ६०० मिटर पाइप बिच्छ्याइएको छ ।”