इलाम : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको प्रतिनिधिसभा क्षेत्र १ को सूर्योदय नगरपालिकामा हुने बृहत् जनसभालाई सम्बोधन गर्ने भएका छन्। इलाम क्षेत्र १ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो। पछिल्लो चुनावमा खनाल यो क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। आगामी चैत ६ गते आइतबार हुने बृहत जनसभामा १० हजारभन्दा बढीको सहभागिता रहने नेकपा एमाले इलामले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। आमसभाक