वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।