दशैँका लागि नागरिक सहायता कक्ष सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक कार्यालयले चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।   काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क लगायतका विभिन्न स्थानमा ट्राफिक कार्यालयले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।  चाडपर्वलक्षित नागरिक सहायता कक्षको बिहीबार गोंगबुस्थित नयाँ बसपार्कमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले उद्घाटन गरे  । […]