श्रम मन्त्रालयले भन्यो- ‘मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन’

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा मन्त्रालयकै संलग्नतामा सिन्डिकेट कायम गर्न खोजिएको भन्ने कुरा सत्य नभएको बताएको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मन्त्रालयलाई जोडेर निश्चित वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)लाई फाइदा पुग्ने गरी एकाधिकार जमाउन लागिएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले विज्ञप्तिमार्फत उक्त कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेको […]