पाटाले ‘नेपाल पर्यटन पुनरुत्थान कोष’ स्थापना गर्ने, अधिकांश पर्यटकीय गन्तव्य सञ्चालन भइरहेको सन्देश प्रवाह

भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘नेपाल पर्यटन पुनरुत्थान कोष’ स्थापना गर्ने भएको छ। पाटा फाउन्डेसनमार्फत सञ्चालनमा ल्याउन लागिएको उक्त कोष विशेषगरी बाढीबाट जीविकोपार्जन गुमाएका पर्यटन श्रमिक तथा साना व्यवसायीको पुनरुत्थानमा केन्द्रित हुने जनाइएको छ। प्रभावित क्षेत्रमा काम गर्ने गाइड, चालक, भरिया तथा […]