अब सवारी साधनको दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुन नपर्ने भएको छ। यातायात व्यवस्था विभागले नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको हो। संशोधित व्यवस्थाअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत सवारी दर्ता तथा नामसारी गर्न […]