पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाई दुबईले आज एक महिना पूरा गरेको छ । फ्लाई दुबईले गत ७ असोजदेखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो ।