जीवित देवदेवीको हातबाट टीका ग्रहण गरी मनाइयो मोहनी नखः

काठमाडौं काठमाडौंको वसन्तपुरस्थित ऐतिहासिक श्रीखण्ड तरुमुल महाविहारका सदस्यहरूले जीवित देवदेवी गणेश, भैरव र कुमारीको हातबाट टीका ग्रहण गरी यस वर्षको मोहनी नखः मनाएका छन्। श्रीखण्ड तरुमुल महाविहार संरक्षण तथा सञ्चालन समितिको आयोजनामा परम्परागत नेवारी बाजागाजासहित नगर परिक्रमा गरी जीवित देवदेवीको घरमा पुगेर पूजाअर्चना गरिएको थियो। त्यसपछि गणेश, भैरव र कुमारीको हातबाट टीका ग्रहण गरिएको हो। […]