काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए।