डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व सचिव हुन्। उनले २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल भएकी हुन्। नेपाल चिकित्सक संघको एकमात्र महिला अध्यक्ष हुन्। अध्यक्षमा उनी बागी उम्मेदवारका रूपमा विजयी भएकी थिइन्।