काठमाडौँ। सिनियर विश्व कराते च्याम्पियनसिपको २७औँ संस्करणमा सहभागी हुन नेपाल कराते टोली आइतबार इजिप्टको कायरो जाने भएको छ। २७ देखि ३० नोभेम्बरसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन्। अफिसियलमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कृष्णप्रसाद गौतम, […]