नेपाल राष्ट्र बैंकले अनिवार्य कर्जा प्रवाह र ब्याज अनुदानमार्फत प्रोत्साहन गरेका क्षेत्रमै बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (एनपीएल) उच्च देखिएको छ। आर्थिक गतिविधिमा आएको शिथिलताका कारण कर्जा असुली कमजोर बन्दा निष्क्रिय कर्जा उल्लेख्य रूपमा बढेको हो। राष्ट्र बैंकबाट प्राप्त क्षेत्रगत कर्जा प्रवाहको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी निष्क्रिय कर्जा माछापालन क्षेत्रमा देखिएको छ। २०८२ […]