बाल–नाटक महोत्सवका लागि आलेख आह्वान

काठमाडौं – शैली थिएटरले १८औँ राष्ट्रिय बाल–नाटक महोत्सवका लागि नाटकको आलेख (स्क्रिप्ट) आह्वान गरेको छ । यस वर्षदेखि महोत्सवलाई काठमाडौँमा मात्र सीमित नराखी देशका छ स्थानमा क्लस्टरगत छनोट प्रक्रिया सञ्चालन गरी अन्तिम प्रतियोगिता काठमाडौँमा गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । शैली थिएटर र रुसी सदन, काठमाडौँको आयोजनामा हुने महोत्सवका लागि मोरङको पथरी, चितवनको नारायणगढ, […]